नेपाल कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिममा : निषेधाज्ञा खुकुलो पारिएसंगै सर्वसाधारणको हेलचेक्र्याइ

काठमाडौं, १७  साउन । कोरोना संक्रमणको तेस्रो लहर फैलने जोखिम बढेको छ । निषेधाज्ञा खुकुलो पारिएसंगै सर्वसाधारणको हेलचेक्र्याइका कारण संक्रमण दर बढ्दै गएको हो । अहिले सरकारले १७ जिल्लालाई उच्च जोखिममा राखेको छ । दैनिक संक्रमित र मृतकको संख्या थपिएकाले केही जिल्लाका स्थानीय तहले निषेधाज्ञासमेत लगाउन सुरु गरेका छन । महामारी रोकथामका लागी चिकित्सकहरुले खोपको दायरा बढाउनु पर्ने बताउदै आएका छन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीे अहिलेसम्म भयावह नै छ । फरक–फरक समयमा कोरोनाको पनि नया“ भेरियन्ट थपिने भएकाले अब फैलिए अझै जोखिम बढी हुने स्वास्थ्यविज्ञले चुनौति दिइरहेका छन ।

दोस्रो लहरमा फैलिएको नया“ भेरियन्टले हजारौंको ज्यान लिएको थियो । पहिलो चरणभन्दा दोस्रोपटक फैलिएको भेरियन्ट बढी संक्रामक भएकालेलक्षणसहितका संक्रमितस“गै मृतकको संख्या पनि उच्च देखियो ।

निरन्तरको निषेधाज्ञाले कोरोना संक्रमणदर घट्दै गएको समयमा पुनः खुकुलो पार्दा संक्रमणको तेस्रो लहर फैलने चरणमा पुगेको छ । पहिलो र दोस्रो लहरमा अस्पताल भर्ना भएका बिरामीहरुको मृत्यु दर उच्च देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिर्सच युनिटका प्रमुख डाक्टर शेर बहादुर पुन बताउछन ।


हालसम्म सबै उमेर समूहका नागरिकभन्दा जोखिम बढी हुने निश्चित उमेर समूहकाले पनि पूर्णरूपमा खोप लगाउन पाएका छैनन । कतिले पहिलो चरणको खोप लगाएको पाच महिना बितिसक्दा समेत दोस्रो खोप लगाएका छैनन । सरकारले तोकेको खोप लगाउने उमेर समूहले पनि भीडमा ठेलामठेल गर्दै खोप लगाउन जादा त्यहींबाट संक्रमण फैलने जोखिम पनि उत्तिकै रहेको डाक्टर पुनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्नो क्षमता अनुसार तयारी गरेको डाक्टर पुन बताउ“छन । दोस्रो लहरको संक्रमणको समयमा अस्पतालको बेड तथा अक्सीजनको अभावको समना गर्नुपरेको दुखद परिस्थीती अब तेस्रो चरणमा भोग्न नपरोस भनेर तयारीलाई तिब्रता दिनु पर्ने उनको भनाइ छ ।

दोस्रो लहरमा बालबालीकाहरु पनि संक्रमीत भएको हुदा अब तेस्रो लहरको महामारिले बालबालीकालाई छुने हो कि भन्ने शंकामा चिकित्सकहरु रहेको देखिन्छ । नेपालमा बालरोग विशेषज्ञ तथा वाल अस्पतालहरु सिमित मात्रामा रहेको हुदा यो चरणको संक्रमण अझ भयावह पो हुने होकि भन्ने डाक्टर पुनको तर्क छ । अर्कोतर्फ बालबालीकालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको अभाव पनि त्यत्तिकै छ । यस अवस्थामा अभिभावक नै बढी सचेत रहन डाक्टर पुनको सुझाव छ ।

अहिले पनि अस्पतालहरुमा सैयौं कोरोना संक्रमीतहरु उपचाररत छन । अस्पतालका सघन उपचार कक्ष र भेन्टिलेटरमा बिरामी थपिने क्रम छ । संक्रमण निरन्तर फैलने क्रममा छ । सरकार र नागरिक अब पनि संवेदनशील नबन्ने हो भने यो महामारीले पुनः धेरैको ज्यान लिन सक्छ । अहिले कोरोनाको परीक्षणदर पनि घटेको छ ।

प्रयोगशालामा पहिलेको तुलनामा स्वाब परीक्षणका लागि न्यून संख्यामा मात्रै हुने गरेको छ । त्यसैले सरकारले पुनः महामारी तिब्र रूपमा फैलनु अघिनै नागरिकलाई खोप लगाइसक्नु पर्छ भने स्वास्थ्य संस्थाहरुले पनि जुनसुकै समयमा पनि संक्रमण बढ्न सक्ने भएकाले आवश्यक बेड, अक्सिजन र अन्य सामग्रीसहित उपचारको तयारीमा सर्तक रहनुपर्ने अवस्था छ । अब निषेधाज्ञा र लकडाउनलाई नियन्त्रणको विकल्प बनाउनेभन्दा सबैलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नुपर्छ र नागरिक आफैं पनि सचेत भएर स्वास्थ्य सम्बन्धि मापदण्ड कडा रुपमा पालना गर्नु पर्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board