एक जमानामा बम्बईको मन्जगाउ डाकमा शेर खाँ पठान नामका गुन्डा कुल्लीहरुसँग हप्ता असुली गर्थे । हप्ता असुली गर्न नमान्नेहरुलाई उनका केटाहरूले नराम्रोसँग पिट्थे । डाकमा काम गरिरहेका हाजी मस्तानले यो दृश्य दैनिक देख्थे । एउटा बाहिरी व्यक्तिले डाकभित्र छिरेर केवल आफ्नो ताकतको बलमा कसरी मानिसहरूसँग पैसा असुल्न सक्छन् भनेर उनले बुझिरहेका थिएनन् ।
हाजी मस्तानले शेर खाँसँग भिड्ने योजना बनाए । अर्को शुक्रबार जब शेर खाँ आफ्ना गुन्डाहरुसँग मिलेर हप्ता असुल्न आए, तब कुल्लीहरुको लामो लाइनमा १० जना गायब थिए । उनले केही बुझ्न पाउनुअघि नै हाजी र उनका १० साथीहरूले शेर खाँ र उनका केटाहरूमाथि हमला गरे ।
शेर खाँका केटाहरुले हतियार र चक्कु बोकेको भए पनि हाजी र उनका चार साथीहरूसँग केही जोर चलेन । र, शेर खाँ ज्यान जोगाउनका लागि त्यहाँबाट भागे ।
यस घटनाले हाजी मस्तानलाई केवल कुल्लीहरूको नेता मात्रै बनाएन, बरु यहाँबाट ‘मस्तान लिजेन्ड’ सुरु भयो । यस दृश्यलाई १९७५ मा रिलिज भएको दिवार फिल्ममा यस चोपडाले देखाएका छन्, जहाँ अमिताभ बच्चनले हाजीको चरित्र हुबहु उतारेका छन् ।
भर्खरै प्रकाशित आफ्नो आत्मकथामा पत्रकार वीर सांघवीले लेखेका छन्, ‘दिवार फिल्ममा अमिताभ बच्चनको चरित्र मोटो रूपमा हाजी मस्तानको जिन्दगीमा आधारित थियो । उनले मलाई बताएका थिए कि केवल ७८६ नम्बरको बिल्लाको कहानी मात्रै सही थिएन ।’
सांघवी भन्छन्, ‘हाजीले केही समयपछि हास्य अभिनेता मुकरीद्वारा उनको जीवनबारे बनाइएको फिल्ममा पनि अभिनय गरेका थिए । यस फिल्ममा उनको जिन्दगीको ग्लयामराईज पक्षलाई चित्रित गरिएको थियो । फिल्ममा हाजीले आफ्नो खुइलिँदै गएको तालुलाई छोप्नका लागि नक्कली कालो कपाल लगाएका थिए ।’
करिम लाला र वर्दराज मुदालियारसँग हाजी मिले
मुम्बईजस्तो सहरमा ताकतवर बन्नका लागि केवल पैसा मात्रै जरुरी हुन्न भन्ने हाजीले पहिल्यै महसुस गरेका थिए । मुम्बई अन्डरवर्ल्डबारेको प्रसिद्ध किताब ‘डोन्गरी टु मुम्बई सिक्स डिकेड्स अफ द मुम्बई माफिया’ मा एस। हुसैन जैदीले लेखेका छन्,‘हाजीलाई मुम्बईमा आफ्नो नियन्त्रण कायम राख्नका लागि मसल पावर जरुरी थियो । यसको खोजीमा नै उनले सहरका दुई प्रख्यात डन करिम लाल र वर्दराज मुदालियारसँग हात मिलाए ।’
वर्ष १९५६ मा दमनका डन सुकुर नारायण बखियाको सम्पर्कमा हाजी मस्तान आए । चाडै नै उनीहरू दुबै जना पार्टनर बने र उनीहरूले केही क्षेत्र आपसमा बाँडे । बम्बई बन्दरगाह हाजीको इलाका थियो भने दमन बन्दरगाह बखियाको इलाका बन्यो ।
हुसैन जैदी लेख्छन्,‘दुबईबाट ल्याइएको तस्करीको सामान दमनमा उत्रने गरेको थियो । जबकि अदनबाट ल्याइएको सामान बम्बईमा उतार्ने गरिन्थ्यो । बखियाको सामानको निगरानीको जिम्मा हाजीको हुन्थ्यो ।’
युसुफ पटेललाई मार्नका लागि सुपारी
वार्डेन रोड र पेडर रोडबीचको सोफिया कलेज लेनमा एक बङ्गलामा हाजी बस्न थालेका थिए । ‘म वर्ष १९७९ मा हाजी हाजीको अन्तर्वार्ता लिन गएको थिएँ । उनको गार्डेनमा एक पुरानो ट्रक खडा थियो । मानिसहरू भन्थे, यो ट्रक हाजीले आफ्नो पहिलो मालसामान डेलिभरीका लागि प्रयोग गरेको ट्रक थियो । मैले एकपटक हाजीसँग यस कहानीबारे सोधेँ, तर उनले यसको खण्डन गरे । यदि, उनको साटो अरू कोही हुन्थ्यो भने खण्डन गर्दैन थियो होला ।’
वीर सांघवीले बम्बई अन्डरवर्ल्डका एक अर्का व्यक्ति युसुफ पटेलसँगको भेटका विषयमा पनि उल्लेख गरेका छन् । पटेलले उक्त भेटमा सांघवीसँग भनेका थिए, ‘हाजी मस्तानले मलाई मार्नका लागि करिम लालालाई सुपारी दिएका थिए । यतिबेला म सडकमा हिंडिरहेको थिएँ र दुई मानिसहरूले गोली हाने । म मरेँ भन्ने ठानेर उनीहरू भागे । तर म मरेको थिइनँ । अस्पतालमा लगियो र बाँचे ।’
हत्या आरोपमा हाजी मस्तान र करिम लालाको गिरफ्तारी
यस घटनाको उल्लेख हुसैन जैदीले पनि आफ्नो किताबमा गरेका छन् । ‘मुम्बई माफियाको इतिहासमा पहिलो सुपारी हाजी मस्तानले वर्ष १९६९ मा १० हजार रुपैयाँमा आफुसँग काम गरिसकेका युसुफ पटेललाई मार्न दिएका थिए । यो काम करिम लालले पस्तुन मूलका दुई गुन्डाहरुलाई सुम्पिएका थिए । उनीहरूले पटेलमाथि हमला गर्नका लागि मिनारा मस्जिद नजिकको स्थान चुनेका थिए । यी दुबैले रमजानको महिनामा युसुफ पटेलमाथि मस्जिद नजिकैको भीड भएको इलाकामा गोली चलाए । पटेल जमिनमा गिरे र उनका अंगरक्षकले उनलाई बचाउनका लागि छलाङ लगाए । हत्याराहरूले भाग्ने कोसिस गरे, तर त्यहाँ उपस्थित भीडले उनीहरूलाई पक्रेर पुलिसलाई बुझाइदियो । युसुफ पटेलको पाखुरामा दुई गोली लाग्यो, तर उनका अङ्गरक्षक मारिए । यो २२ नोभेम्बर १९६९ को दिन थियो । यस घटना पुलिसले हाजी मस्तान, करिम लाला र अन्य ११ मानिसहरूलाई पक्राउ गर्यो ।’
वीर सांघवीले जब हाजी मस्तानलाई यस घटनाका विषय सोधे, तब उनले स्वीकार गरे कि यो साँचो हो । सांघवीले लेखे,‘मस्तानले मलाई बताए कि युसुफले एक मामिलामा उनलाई धोका दिए । हाजी मस्तानलाई धोका दिएर कोही पनि जिउँदो रहन सक्दैन थियो । जब मलाई पटेल मर्७शधवसयो भनियो, तब निकै सन्तोष लाग्यो । तर, यसपछि मलाई थाहा भयो कि युसुफ पटेल बाँचेका छन्, त्यसपछि यसलाई मैले एक ईश्वरीय संकेतका रूपमा लिए । यदि अल्लाह अहिल्यै युसुफ मरोस् भन्ने चाहदैनन् भने उनको इच्छालाई सम्मान गर्नुपर्छ । केही दिनपछि हाजी मस्तान र युसुफ पटेल फेरि साथी बने ।’
हाजी मस्तान हमेशा सेतो कपडा लगाउँथे । यसले उनको व्यक्तित्वमा निखार आउँछ भने उनका साथीहरूलाई लागेको थियो । ‘मलाई एकपटक अभिनेत्री अमृता सिंहकी आमा रुखसाना सुल्तानले हाजी मस्तानसँगको उनको पहिलो भेटबारेको किस्सा सुनाएकी थिइन् । उनलाई क्यामी साबुन प्रयोग गर्ने बानी थियो, त्यतिबेला भारतीय बजारमा यो साबुन पाइँदैन थियो । उनले तस्करहरूसँग यस्तो साबुन किन्ने गरेकी थिइन्,’ सांघवीले लेखेका छन्,‘एकपटक उनले मुम्बईको एक भिडभाडयुक्त बजारमा आफ्नो गाडी पार्क गरिन् र साबुन किन्नका लागि अघि बढिन् । उनले कहीँ पनि साबुन भेटिनन् । सबैले यस साबुनको आपूर्ति आजभोलि हुँदैन भन्ने जवाफ दिए ।
जब उनी आफ्नो कार भएको ठाउँ फिर्ता भइन्, तब कार अगाडि मानिसहरूको भिड लागेको देखिन् । जब उनी कार नजिक गइन्, तब उनको कारको पछिल्लो सिटको एक हिस्सामा क्यामी ब्रान्डका सयौँ साबुनहरू देखिन् । उनको कार सामुन्ने सेतो कपडा लगाएका एक व्यक्ति खडा थिए । उनी पहिले मुस्कुराए, र त्यसपछि आफ्नो परिचय दिँदै भने – मलाई मानिसहरू हाजी मस्तान भन्छन् ।
जुन समय हाजी मस्तान बम्बईको अन्डरवर्ल्डमा आफ्नो कदम जमाउने कोसिस गरिरहेका थिए, अर्का एक कुल्ली वर्दराजन मुदालियार भिक्टोरिया टर्मिनस स्टेसनमा आफ्नो जीविका चलाउने काममा थिए । मुदालियरको जन्म तमिलनाडुको भेल्लोर सहरमा भएको थियो । उनले आफ्नो शिक्षा पूरा गर्न सकेका थिएनन्, तर उनी आफ्नो परिवारका एक्लो सदस्य थिए, जसले अङ्ग्रेजी र तमिल लेख्न र पढ्न सक्थ्यो ।
मुम्बईका जानेमाने क्राइम रिपोर्टर प्रदीप शिन्देलाई लागेको थियो स् स्थानीय प्रशासनको दाँजोमा आम मानिसलाई बम्बईको नागरिक बनाउन, उनीहरूलाई राशन कार्ड, गैर कानुनी बिजुली र पानी उपलब्ध गराउन वर्दाका मानिसहरू निकै तेज छन् र उसको ताकतको रहस्य पनि यही थियो । ‘उनको ताकत यति धेरै थियो कि सर्वसाधारणहरू आँखा ठड्याएर उनका लागि काम गर्थे । तमिलनाडुबाट आउने सबै मानिसहरूको मद्दतका लागि वर्दराजनले आफ्ना दुई सबैभन्दा विश्वसनीय मानिसलाई राखेका थिए, थोमस कुरियन उर्फ खाजा भाइ र मोदिर सिंह विग, जसको अर्को नाम थियो बडा सोमा ।’
हाजी मस्तान र वर्दराजन मुदालियारको भेट
हाजी मस्तान र वर्दराजन मुदालियार दुबै तमिलनाडुबाट थिए । ‘एकपटक वर्दालाई पुलिसले एन्टेना चोरेको आरोपमा भन्सारबाट पक्राउ गरेको थियो । पुलिसले उसलाई एन्टेना राखिएको ठाउँको जानकारी दिन, नभए उनीविरुद्ध हदैसम्मको कडा कानुन आकर्षित हुने जनाएको थियो,’ हुसैन जैदीले पुरानो किस्सा सुनाए,‘ उनी के गर्ने भनेर सोचिरहेका थिए । त्यही समय हातमा ५ सय ५५ चुरोट बोकेको एक व्यक्ति उनीसामु भयो र उनलाई तमिलमा भन्यो स् वणक्कम थलइवार । यो सुनेर वर्दा हड्बढाए । थलाइवार शब्द तमिलमा मुखियाका लागि प्रयोग गरिन्छ । यस्तो सम्मा वर्दले कहिल्यै पाएको थिएन र त्यो सम्मान दिने व्यक्ति हाजी मस्तान दिए ।’
हुसैनले भने,‘ मस्तानले वर्दराजनसँग एन्टेना फिर्ता गर्न भने । उनले त्यसभन्दा धेरै पैसा कमाउने सुनिश्चितता आफुले गरिदिने बताए । सुरुवातमा त वर्दराजन मानेनन् । तर पछि सहमत भएन ।’
यो दृश्य नियालेका पुलिसहरू कसरी एउटा पालिस लगाएको जुत्ता लगाउने सफाचट व्यक्तिले लुङ्गी र चप्पल लगाएको अर्को एक व्यक्तिसँग हात मिलाएको थियो भनेर कहिल्यै बिर्सदैनन् ।
जेलबाट निस्किएपछि हाजीले वर्दालाई आफ्नो काममा प्रयोग गर्न थाले । वर्दराजनले मानिसहरूको नाडी मज्जाले छामेका थिए । उनी मानिसका समस्या सुन्नका लागि सधैँ आफ्नो घरमा हुन्थे, धार्मिक व्यक्ति भएकाले उनले माटुंगा स्टेसनबाहिर गणेश पन्डामा धेरै पैसा पनि खर्च गरे । वर्दामा आधारित रहेर नायकन, दयावन, अग्नीपथजस्ता फिल्म बने । अग्निपथमा अमिताभ बच्चनले वर्दाको आवाज नक्कल गर्दै गरेको देखिन्छ ।
यता हाजीको साम्राज्य पनि तेजसँग फैलिरहेको थियो, ‘हाजीले विदेशीलाई पठाउने चाँदीको निकै शुद्ध हुन्थ्यो, यसले ‘मस्तानको चाँदी’ ब्रान्ड नै पाएको थियो । हाजीले एक आलिसान बङ्गला र धेरै ठूला कारहरू किने । उनले मद्रासकी सबिहा बीसँग बिहे गरे र तीन छोरीहरूको जन्म भयो स् कमरुन्निसा, महरुन्निसा र शमशाद । ‘७० को दशक आउँदै गर्दा दक्षिण र पश्चिम बम्बईमा हाजी मस्तान, मध्य बम्बईमा वर्दराजन मुदालियार र करिम लालाको मसल पावरले एक जबरजस्त गठजोड पैदा गरेको थियो,’ हुसैन जैदीले लेखे ।
हाजी मस्तानलाई पहिले १९७४ र फेरि १९७५ मा सङ्कटकालका दौरान गिरफ्तार गरिएको थियो । जेलबाट छुटेपछि हाजीले तस्करी छोडेर आफूलाई जग्गा कारोबारमा लगाए । यता, मुम्बई पुलिसका अफिसर यादवराव पवारले वर्दराजनलाई मुम्बईबाट भगाउने जिम्मा पाए । उनी त्यसमा सफल पनि भए । वर्दराजन अन्त्यमा मुम्बई छाडेर मद्रास आए । त्यहाँ केही वर्षपछि उनको मृत्यु भयो ।
८० को दशकमा आलमजेब–अमिरजादा र इब्राहिम परिवारबीच ग्याङवार सुरु भयो । हाजी मस्तानले यी दुई पक्षलाई मिलाउने कोसिस गरे । दाउद इब्राहिम र आलमजेबले कुरानमा हात राखेर फेरि झगडा नगर्ने कसम आएका थिए । तर भोलिपल्टै दिनदहाडै उनीहरूले मध्य सडकमा एकअर्काविरुद्ध गोली चलाउन थाले ।
हाजी मस्तानले दिएका वाचाको कुनै मतलब थिएन । यतिबेला हाजीको शक्ति गिर्दो थियो । यसपछि दाउद इब्राहिम भारत छाडेर दुबई लागेर र उनको यसपछिको कथा तपाईंहरुलाई थाहै होला ।
निर्माण व्यवसायीको भूमिकामा डन
डनले प्रायः निर्माण व्यवसायीहरूसँग पैसा उठाइरहेका विषय फिल्ममा देखाइन्छ । तर वास्तविक जिन्दगीमा डन आफैँ निर्माण क्षेत्रमा सक्रिय हुन्थे । ‘हाजी र युसुफ पटेललाई घरजग्गा कारोबार तस्करीभन्दा धेरै फाइदाजनक छ भन्ने लागेको थियो र यो मजाक थिएन । यसको कारण बम्बई भाडा ऐन थियो । यस कानूनअन्तर्गत निजी सम्पत्तिलाई मजाक बनाइएको थियो, मालिक र भाडावालालाई एउटै भाँडोमा हालिएको थियो,’ वीर सांघवी लेख्छन्,‘ मानौँ, तपाईंसँग एक फ्लाइट छ । तपाईंले त्यसलाई भाडामा राख्नुभएको छ । यदि तपाई भाडावालाले फ्ल्याट खाली गरोस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो फ्ल्याट भाडावालाको दाँजोमा तपाईंलाई धेरै आवश्यक छ भनेर अदालतमा प्रमाणित गर्नुपर्ने हुन्छ । भाडावालाले आफूलाई अन्त जाने ठाउँ छैन भने सधैँ तर्क दिइरहेको हुन्थ्यो ।’
नतिजा मध्य मुम्बईको पतन सुरु हुन थाल्यो । घरधनीहरुले आफ्नो घरको मर्मत सम्भार गर्न छाडे । बाठा भाडावालाहरूले फ्ल्याटलाई टुक्र्याएर त्यसलाई फेरि भाडामा लगाउँथे । यही मौका अन्डरवर्ल्डले यस्ता घरहरु मालिकसँग सस्तो दाममा किन्ने गथ्र्यें ।
त्यसपछि भाडावालाहरुलाई फ्ल्याट छाड्न भनिन्थ्यो । जसले मान्दैन थियो, उसले ठूलो परिणाम व्यहार्नेुपर्थ्यो ।
डनको यस डरबाट भाडावालाहरूले फ्ल्याट खाली गर्थे र फेरि त्यहाँ नयाँ भवन बनाएर डनले उच्च मूल्यमा बेच्थे । यहीकारण रियल स्टेटको धन्दा अन्डरवर्ल्डका लागि तस्करीभन्दा आकर्षक भनेको थियो । ८० को दशकमा जब प्रहरीले यी डनहरूमाथि दबाब बनाउन सुरु गर्यो, तब धेरैजसो विदेशतर्फ लागे । त्यहाँ पनि उनीहरूले अन्डरवर्ल्डको काम छाडेनन् ।
बीबीसी हिन्दीबाट
COMMENTS