जनकपुरधाम , २६ असोज । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेर आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका छन् ।
नेपाल ऋषिमुनीहरुको देश भएको साथै प्रत्येक दशैंमा ऋषिहरुले यस किसिमको तपस्या गर्ने इतिहास रहेपनि अहिले बन्द भएको र अरुले नगरेपनि देश र सबै जनताको नाममा निराहार व्रत बसी र शरीरमा जमरा उमारेर आफूले तपस्या गरिरहेको साधु मनोजकुमारले बताए । उनले लगातार २१ बर्षदेखि दशैंमा यसरी जमरा उमार्दै आएको र भारतको बंगाल र दिल्लीमा पनि यस किसिमको तपस्या गरेको साधु मनोजकुमारले जानकारी दिए ।
केही नखाए , केही नपिएपनि अहिले बोल्न सक्नुनै दैवी शक्ति भएको र मान्छेहरुको दुःख हटोस्, देशमा सुख र शान्ति आओस् भनेर प्रत्येक दशैंमा यस किसिमको तपस्या गर्दै आएको उनले बताए ।
COMMENTS