काठमाडौं, १ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् ।ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् ।तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३, टर्कीमा २४ हजार ११४, अमेरिकामा १७ हजार ९४७, भारतमा १४ हजार २८९ र ब्राजिलमा ५ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ ।यही अवधिमा ४ हजार २३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुसमा ९९७, टर्कीमा १८६, भारतमा १६५, अमेरिकामा १६१, ब्राजिलमा १२५ र बेलायतमा ५७ जना छन् ।
२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।निको हुनेमा बेलायतमा ३६ हजार ७०४, टर्कीमा २४ हजार ४०३, अमेरिकामा २२ हजार २५२, भारतमा १९ हजार ५७८, रुसमा १८ हजार ७१७ र बेलायतमा १० हजार ५५७ जना छन् ।
योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१ करोड ८६ लाख ८२ हजार ६६४ पुगेको छ भने ४९ लाख १३ हजार ९४८ जनाको मृत्यु भइसकेको छ । कुल संक्रमितको संख्या २४ करोड १४ लाख ५६ हजार ३१ जना पुगेको छ ।
COMMENTS