अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट डिस्चार्ज

लस एन्जलस, १ कात्तिक । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । विरामी परेपछि उनलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्तपतालबाट उहाँ आइतबार डिस्चार्ज भएको बताइएको छ ।


उनलाई निको भएपछि दक्षिणी क्यालिफोर्नियाको इरुभाइन मेडिकल सेन्टरबाट डिस्चार्ज गरिएको सो अस्पताल प्रशासनले जनाएको समाचारमा बताइएको छ । पचहत्तर वर्षीय पूर्व राष्ट्रपति क्लिन्टनलाई गत बुधबार शरीरमा सङ्क्रमण भइ ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।


उनको ज्वरो नियन्त्रणमा आएको र शरीरबाट सङ्क्रमण हटेपछि अस्पतालबाट डिस्चार्ज गरिएको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो । (एजेन्सी)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board