३ सय ९० जना कोरोना संक्रमित थपिए, थप ५ को मृत्यु

काठमाडौं, २२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट २ हजार ६ सय ६, एन्टिजेन विधीबाट २ हजार ४ सय २० जनामा परिक्षण गर्दा ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सँख्या ११ हजार ४ सय ५३ पुगेको छ।

आज थप ४ सय २५ जनाले कोरोनालाई जितेर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुनेको सँख्या ७ लाख ९५ हजार ८ सय २२ रहेको छ। त्यस्तै नेपालमा हाल सक्रिय संक्रमित सँख्या ७ हजार ६ सय ५४ रहेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board