दिल्लीको वायुको गुणस्तर प्रदूषित धुवाँले भयो अत्यन्त खराब

काठमाडौं, २६ कात्तिक । भारतको राजधानी शहर दिल्लीमा वायु प्रदूषण निकै खराब अवस्थामा पुगेको छ । दिल्लीमा आसपासका राज्यमा पराल जलाउँदा र दीपावलीमा भएको आतिशबाजीका कारण वायु प्रदूषण बढेको हो ।

दिल्लीका धेरै स्थानमा वायु प्रदूषण बढेकाले भिजिबिलिटी कम हुन पुगेको छ । साथै केही दिनदेखि दिल्लीको वायु निकै खराब बनेसँगै मानिसले विभिन्न स्वास्थ्य समस्या तथा अरु समस्याहरु भोग्न थालेका छन् ।

शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचकांकलाई ‘राम्रो’ मानिन्छ । ५१ देखि १०० सम्मको सूचकांक ‘सन्तोषजनक’, १०१ देखि २०० सम्मको ‘मध्यम’ र २०१ देखि ३०० सम्मको सूचकांकलाई ‘खराब’ मानिन्छ । त्यस्तै ३०१ देखि ४०० सम्म ‘निकै खराब’ र ४०१ देखि ५०० सम्मको सूचकांकलाई ‘गम्भीर’ मानिन्छ । त्यसैले शुक्रबार औसतमा दिल्लीको वायु गुणस्तर सूचकांक ३६० रहेपछि साथै दुई स्थानमा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) ७ सय पुगेपछि अवस्था खराब बनेको हो ।

वायु प्रदूषण हुनुमा मुख्य कारक बनेका सवारी साधन, उद्योग तथा सडकमा कडाइ गर्नुपर्ने र वर्तमान अवस्थामा वायुमण्डलमा रहेको प्रदूषित धुवाँका कारण आपतकाल जस्तै अवस्था सिर्जना भएकाले सरकारलाई तत्काल कदम चाल्न विज्ञहरुले आग्रह गरेका छन् । दिल्लीको आकाशमा रहेको धुवाँ अझै एक दिनसम्म रहने सेन्टर फर साइन्स एण्ड इन्भाइरोन्मेन्टले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board