काठमाडौं, २० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूको बाबजुद पनि भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज सोमवार वार्षिक शिखर बैठकमा आफ्नो उद्घाटन मन्तव्यका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको (विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी) अझै बलियो हुँदै गइरहेको टिप्पणी गरे ।
पुटिन नयाँदिल्ली पुग्नुअघि रूस र भारतका रक्षा र विदेश मन्त्रीको बैठक दिल्लीमा सम्पन्न भएको थियो।उक्त बैठकपछि रक्षासम्बन्धी महत्वपूर्ण दुई सम्झौतामा हस्ताक्षर भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।सम्झौतअनुसार भारतले रूसी प्रविधि प्रयोग गरी एके-२०३ एसल्ट राइफल आफ्नै देशमा उत्पादन गर्नेछ भने रूस-भारतको रक्षा क्षेत्रको सम्झौता सन् २०३१ सम्म लागु रहनेछ।केही घन्टा दिल्लीमा बिताएर पुटिन आजै राति स्वदेश फर्किने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
COMMENTS