जैमिनी नगरपालिकाकाे शून्यबाट सुन्दर सम्मकाे यात्रा

बागलुङ, ३० चैत्र । राज्यको पुनःसंरचनाअघि बागलुङको जैमिनी नगरपालिकामा ९ वटा गाउँ विकास समिति थिए । सबैको नियती उस्तै । पुनसंरचनापछि दमेक गाउँ विकास समितिलाई विभाजन गरेर दुई वडा बनेका छन् । जैमिनीमा अहिले १० वडा छन् । गाउँ विकास समितिको कार्यालयबाट सम्पादन हुँदै आएकाभन्दा धेरै काम अहिले वडाबाटै हुन्छन् ।

गाविस हुँदा सशर्तबाहेकको अनुदान २५ लाखको हाराहारीमा हुँदो हो । अहिले वडामा जाने बजेट त्यो भन्दा चार गुना बढी छ । वडामा पुगेको बजेटले सर्वसाधारणको पहुँचमा पुगेको बताउँछन् जैमिनी नगरका प्रमुख इन्द्रराज पौडेल । जैमिनीमा खर्च हिजोको जस्तो भद्रगोल छैन् । आर्थिक मितव्ययीतामा एकाध हुने अनियमितताका बाबजुद धेरै वडाहरुले सजगता अपनाएको पाईन्छ । ‘हामीले शुन्यबाट काम थालेका हौं, पाँच वर्षको अवधिमा धेरै परिवर्तन भए भन्ने लाग्छ’ पौडेल भन्छन् ‘भाँचिएको प्लाष्टिक कुर्सीबाट सुरु भएको कार्यालयका सेवा आफ्नै भवनको यात्रामा छन् ।’ जैमिनी नगरपालिकाले आफ्नै भवन निर्माणको लागि शिलान्याश गरिसकेको छ । साविकको छिस्ती गाउँ विकास समिति अहिले नगरपालिकाको वडा नं। ८ बनेको छ । यो नगरको सबैभन्दा ठुलो वडा हो । चार बर्ष पहिलेसम्म सडक सञ्जालमा नजोडिएको वडामा अहिले आधारभुत कच्चि सडक टोल टोलमा पुगेका छन् । ‘हामीले पहिले थालेको काम नै सडक सञ्जाल नजोडिएका वडामा सडक पु¥याउने थियो’ पौडेल भन्छन् ‘वडा नं। ८ र वडा नं। ३ को पर्यटकीय क्षेत्र गाजाको धुरीमा सडक पु¥याउनु मुख्य उपलव्धी हो ।’ अन्तर गाउँ विकास समिति सडक निर्माणको काम तत्कालिन जिल्ला विकास समितिले गर्दथ्यो । गाविसको मात्रै वजेटले छिस्तीमा सडक पु¥याउन सम्भव थिएन भने जिविसको नजर पुगेको थिएन् । नगरपालिका नबनेको भए अहिले पनि ती वडामा सडक सञ्जाल नपुग्ने दाबी गर्छन् पौडेल ।

जिल्ला विकास समितिमै केन्द्रित रहेको आर्थिक सुशासन अहिले जिल्लाका दश ठाउँमा फैलिएको उनको बुझाई छ । ‘हेर्नुस त अहिले सबै आर्थिक गतिविधि नगरको मुकामबाट, अझै भनौ जनताको नजिकबाट हुन्छन्, जसका कारण जनताको खबरदारी रहिरहन्छ भने आर्थिक सुशासन कायम गर्न मद्दत पुगेको छ’ प्रमुख पौडेलले भने ‘स्रोतको खोजी हुन थालेको छ, खर्च मितव्ययी हुँदैछ ।’ जैमिनीले १७ परिवार घरबारबिहिन भएकालाई घर दिलाएको छ । सुकुम्बासी उन्मुलन नारा बनाएर प्रत्येक घरलाई ३ लाख रुपैयाँ अनुदान दिएर सुकुम्बासी समस्या समाधान गरेको नगर उप–प्रमुख लिला राना बताउँछन् । खानेपानीको चरम समस्या, कालोपत्रे सडक एक मिटरसम्म थिएन जैमिनीमा । अहिले खानेपानीका तीन ठुला योजना सञ्चालनमा छन् भने केन्द्र र प्रदेश सरकारसँग मिलेर झण्डै दुई किलोमिटर सडक कालोपत्रे भएको छ । पालिका मुकाम कुश्मीशेरा बजारको सुधार विस्तार होस् वा कालीगण्डकी करिडोरदेखि कुश्मीशेरा बजारसम्मको झण्डै साढे दुई किलोमिटर कालोपत्रे सडक बनाउन गरिएको थालनी होस् जैमिनीले जस लिने कामहरु हुन् ।
हालसम्म सम्पादन भएका कार्यहरु
१। सुकुम्बासीको लागि जग्गा र आवासको व्यवस्था ।
२। घरबिहिनको लागि आवासको व्यवस्था ।
३। खरको छानोलाई जस्ताको छानीमा परिवर्तन ।
४। नगरपालिकाको केन्द्र कुश्मीसेरा बजारमा नालीसहित ढलान र पिच ।
५। प्रशासकीय भवनको जग्गा व्यवस्था गरी शिलान्यास गरिएको छ ।
६। नगर अस्पतालको लागि जग्गाको व्यवस्थापनसहित डिपिआर तयार ।
७। प्रत्येक वडाको सदरमुकामदेखि नगरको सदरमुकामसम्म सजिलै आवतजावत गर्न सकिने सडक निमाण ।
८। दिगो विकासका लागि ठुला वडामा दुई वटा र साना वडामा एउटा गरी नगरभित्रका दश वटा सडक विकासको अवधारणासहित सुचारु भएको ।
९। जैमिनी धाममा ध्यान केन्द्रको निर्माण कार्य सुरुवात ।
१०। जैमिनीधामदेखि कुश्मीसेराहुँदै फेदीसम्म कालोपत्रे सडक निर्माणका सुरुवात ।
११ बानपाको सिमानादेखी नगरको सदरमुकाम सम्मको मोटरबाटो पिच ।
१२ बेसहारा महिला, पुरुष र एकल महिला कार्यक्रम ।
१३ नगर पशु परियोजना
क। पाडापाडी संरक्षण ।
ख। पशु स्वास्थ्य शिविर ।
ग। बाख्रा पकेट ।
घ। भैसी प्रर्वद्धन ।
ङ। कृषक प्रोत्साहन ९पशुपालनतर्फ० ।
१४। नगर कृषि परियोजना कृषि पल्टनमार्फत
क। कृषिका विभिन्न ब्लक तथा पकेट क्षेत्रहरु ९आलु, अलैंची, केरा, सुन्तला, मकै० ।
ख। कृषक प्रोत्साहन कार्यक्रम ।
ग। रैथाने बाली विकास कार्यक्रम ।
१५। रिङरोडको डिपिआर तयार गरिएको ।
१६। पदमार्गहरु
क। कुश्मीसेरा बजारदेखि भैरवस्थानसम्म पदमार्गको शुरुवात ।
ख। दुर्लेबेसीदेखि शिवपुरीहुँदै कमलजैसी सम्मको पदमार्गको शुरुवात ।
ग। बिहारथलादेखि हाँडिकोट सम्मको पदमार्गको शुरुवात ।
घ। बेलबगरदेखि न्वारढिक धुल्लुनेटहुँदै विहारथला सम्मको पदमार्गको शुरुवात ।
ङ। राधाकृष्ण मन्दिरदेखि भुनियाहुँदै बोल्नेपहरा सम्मको पदमार्गको शुरुवात ।
च। थामडाँडा हलहलेहुँदै हाँडिकोट सम्मको पदमार्गको शुरुवात ।
छ। कुश्मीसेरा अमटारीदेखि अमलाचौर देउराली सम्मको पदमार्गको शुरुवात ।
१७। नगरपालिकाको सहभागितामा निर्माण भएका भवनहरुः
क। वडा नं। १ कुश्मीसेराको वडा कार्यालयमा कार्यपालिका हल निर्माण ।
ख। वडा नं। ६ अर्जेवाको वडा कार्यालय प्रदेश र नगरको सहभागीतामा बनेको ।
ग। वडा नं। ५ बिनामारे महिला समूहकले भवनमा नगरपालिका पनि संलग्न ।
घ।। वडा नं। ३ नेपानेको स्वास्थ्य चौकीको भवन निर्माण ।
ङ। वडा नं। ७ जैदीको वडा कार्यालयमा थप संरचना निर्माण ।
च। नगरपालिकाको कृषि भवनको निर्माण सम्पन्न ।
छ। वडा नं। ४ सर्कुवामा कोल्डस्टोर निर्माण ।
ज। वडा नं। २ दमेक बनहुँमा पञ्चदेव बेसहारा आश्रम भवनको निर्माण ।
१८। धार्मिक तथा पर्यटकीय स्थलहरुः ९जसलाई पहिचान र प्रबद्र्धन गरिएको छ ।०
क। जैमिनी ऋषिले तपस्या गरेको स्थल जैमिनीधाम
ख। गाजाको दह शिद्वबराह मन्दिर र गाजाको धुरी
ग। हाँडिकोट भ्यूटावर
घ। माईकोथान र कोट
ड। गाईथुने
च। राधाकृष्ण मन्दिर
छ। पुतली गरा
ज। बोल्ने पहरो
झ। ल्वली डाँडो
ञ। रिठेडाँडा
ट। कमलजैसी
ठ। शिवपुरी
ड। पुरानो गाउँ
ढ। शंखे पहरो
ण। खानदुला पम्फे ओडार
त। राङखानीका तामाखानीहरु
थ। हात्तिढुंगा ९गणेश मन्दिर०
द। सतिढुंगा ।
ध। जैदी भ्यूटावर
१९। आगामी कार्ययोजना
क। बस्ती विकासको अवधारणा ।
ख। जैमिनीका पर्यटन क्षेत्रलाई समेटने गरी रिङरोडको व्यवस्था ।
ग। पर्यटन क्षेत्रलाई पहिचान गर्न पदमार्गको व्यवस्था मिलाउने थप कार्यहरु गर्ने ।
घ। लघुउद्यमीबाट उत्पादित सामग्रीहरुका लागि कोसेली घरको स्थापना गर्ने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board