काठमाडाै, ५ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन नसर्ने स्पष्ट पारेकाे छ । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्ट्याएको हो ।
सोमबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धन दलहरुबीच महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँडको विषयमा आज बेलुकासम्म सहमति जुटने दावी समेत गरे । अहिले आफू गठबन्धन दलहरुबीचको छलफलबाटै आएको र बेलुकासम्म सहमति जुटने उनले बताए । अध्यक्ष दाहालले भने, ‘६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौं । महानगर टुंगिनेको नजिक छ । बेलुकासम्म महानगर र उपमहानगरपालिकाको तालमेल निष्कर्षका पुर्याउनेछौं ।’ शिक्षा र रोजगारीलाई चुनावमा प्रमुख एजेन्डा बनाउने अध्यक्ष दाहालको भनाई थियो । अध्यक्ष दाहालको पत्रकार सम्मेलन अहिले पनि जारी छ ।
COMMENTS