नेपाली सेनाको गणभित्रै गोली चल्यो, एकजना घाइते

कपिलवस्तु । कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र गोली चल्दा एक महिला घाइते भएकी छन् ।

गोली लागेर एक महिला सिपाही गम्भीर घाइते भएकी हुन् । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board