काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबन्डा टुंगो लगाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को सचिवालय बैठक बस्न लागेको हो ।
मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने उपमहासचिव रिमालले बताए ।
एमालेको चुनावी घोषणा पत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।
COMMENTS