काठमाडौँ । बोरुसिया डर्टमुन्डलाई ३–१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ ।
घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२औँ उपाधि जित्न सफल भयो ।
बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १–१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए ।
जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अंक छ ।
सन् २०१२१३ को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ ।
COMMENTS