गठबन्धनका दललाई जिताउन एमाले छाडेर माओबादी प्रवेश गरे अर्याल र शर्मा

बागलुङ । ढोरपाटन नगरपालिकामा गठवन्धनका उम्मेदवारलाई जिताउन एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल माओबादी केन्द्रमा प्रवेश गरेका छन ।

बुधबार बुर्तिबाङमा आयोजित कार्यक्रममा उनीहरुले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

२०७० सालमा तुलसीराम अर्याल माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता माओवादीले लडेर ल्याएको बताउँदै त्यसको बचाउका लागि पुरानै घरमा फर्किएको ददिराम अर्यालले बताए । ‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियाबादीले उल्टाउन खोजेका छन’ अर्यालले भने, ‘ युद्दको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल ढोरपाटन नगरपालिकाको मेयर पदको उम्मेदवार भएको छन् । पश्चिम बागलुङको वामपन्थी आन्दोलनमा महत्वपुर्ण भूमिका खेलेका उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि गठवन्धनमा माओदीका उम्मेदवारको पक्षमा थप जनमत वढेको भन्दै स्थानिय कार्यकर्ता उत्साहित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board