काठमाडौं । स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भएको छ ।
दुई पार्टीबीच भएको सहमति अनुसार, मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिनेछ । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेकले समर्थन गरेका छन् ।
सहमतिअनुसार मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिनेछन् ।
COMMENTS