काठमाडौं, वैशाख १७ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सिर्जना सिंह र नेकपा एमालेका केशव स्थापितबीच प्रमुख प्रतिस्पर्धा हुने निश्चित छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा उनीहरु आ–आफ्नो चुनावी रणनीति एवम् घरदैलो कार्यक्रममा व्यस्त छन् । यस क्रममा आम मतदातासँग राजनीतिक तथा व्यक्तिगत प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । स्थानीय निर्वाचन सन्दर्भमा काठमाडौं मेयरका उम्मेदवार स्थापितसँग गरिएको अन्तरवार्तामा आधारित आलेखः
काठमाडौं महानगरमा पछिल्लो समय फोहोरमैला व्यवस्थापन हुन समेत नसक्दा स्थानीय बासीले सास्ती खेप्नुपरेको अवस्था छ । सरकार र राजनीतिक दल पनि स्थानीय निर्वाचन केन्द्रीत हुदै गर्दा नागरिकको जनजीविका र दैनिकीप्रतिको ध्यानाकर्षण पनि कम भएको पाइन्छ । काठमाडौं महानगर प्रमुख पदमा एमालेका उम्मेदवार केशव स्थापित भन्छन्– केन्द्रबाट ४ अरब मात्र छुट्याएर काठमाडौंलाई हेपेको हो । जो सरकार भएपनि हेपेकै हो । काठमाडौं सुव्यवस्थापनको विषयमा बोल्दै उनले भने, कमसेकम ४० अरब देऊ १ फोहोरमैलालाई ४ अरब, शिक्षालाई १० अरब, अनि स्वास्थ्यलाई यति भन्ने । यही राजधानीमा बस्ने, प्रधानमन्त्री, मन्त्री यही बाटोमा हिड्ने अनि काठमाडौं फोहोर छ भनेर कथा हाल्न पाइन्छ ? उनको प्रश्न छ ।
आफ्नो उम्मेदवारीप्रति प्रष्ट पार्दै उनले शैक्षिक सुधारका विषयमा काठमाडौंमा केही सरकारी तथा सामुदायिक विद्यालय भएपनि केही नामधारी विद्यालय सञ्चालन भइरहेको बताए । साना–साना नामधारी ठाउँ छ, विद्यार्थी पढ्ने वातावरण छैन । राणाकालीनबाट नातिसम्म आयो । विद्यालय मर्ज गरेर विद्यालय र शिक्षकको व्यवस्थापन गर्दै बेस्ट एजुकेशन सिस्टमको पाटो प्रमुख रहने उनको भनाइ छ । पछाडि परेका तथा लक्षि वर्गका विद्यार्थीले निःशुल्क शिक्षा प्राप्त गर्ने कुरा मुख्य रहने उनले बताएका छन् ।
काठमाडौं भित्री शहरका करिब डेढ लाख गहिरो पीडामा
आज दलित भनिएका, गरिब एवम् हेपिएका वर्ग काठमाडौंमा छ । बाहिरबाट हेर्दा जे भएपनि, सानो ठाउँमा खुम्चेर बसेको जो पुर्खाले हालेको अलि–अलि गहना लाएका छन् तर भित्री शहरका एक, डेढ लाख मान्छे गहिरो पीडामा छ । कहिलेकाहिँ गहना लगाउँदैमा हुन्छ र, मनको पीडा बुझ्नुपर्छ । धनीबाहेक त्यस समुदाय र वर्गले गुणस्तर शिक्षा, स्वस्थ खानेपानी र व्यवस्थित शौचालय हुनुपर्ने गरी काम अघि बढ्ने उनले बताए ।
‘कमसेकम एउटा पुस्ता घाटसम्म पुग्दा, म मर्दासम्म यसो हेर्दा, हेपिएका मान्छे पनि सोही स्तरको एजुकेशन लिएर प्रोफेसन गरेको देख्नुपर्छ ।’ उनले भने ।
काठमाडौं आरोग्य केन्द्रको अवधारणा
स्वास्थ्यतर्फ उनले महानगरपालिका एउटा आरोग्य केन्द्र हुने बताए । घर–घरमा गएर भान्छा के हो ? नुन के हो ? भन्नेसम्मको एउटा विशेष प्याकेज बन्ने उनले बताए । आज बुवा, आमाको पाचन भएन भनेपछि, कब्जियत हुने, पायल्स हुने समस्या बढेको छ । बिहे, व्रतबन्धमा खाने यसको कारण मलाई थाहा छ, सबभन्दा पहिला बुवा, आमाको दाँत हाल्देऊ भन्छु म । यसमा पनि पहिला नेपाली काँग्रेसको बुवा आमालाई सेवा गर्ने उनको अठोट छ ।
अराजक भनेको स्वीकार गर्छु
विगतमा युवा संघको अध्यक्षको जिम्मेवारीमा रहँदा पनि कुनै बेला अल्छी लागेको प्रसंग उनले कोट्याए । युवा संघले ब्लड् डोनेटिङ गर्याछ, यो गर्या छ, सगरमाथा चढ्या छ तर नेपाली काँग्रेस केही गर्दैन । त्यतिबेला गिरीजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो, मैले तरुण दल खोली पाउँ भनेर निवेदन दिनपर्यो । कोही न कोही त प्रतिस्पर्धी हुनपर्यो नि भन्ने मान्यता राखरहेको उनले बताए ।
‘त्यसपछि, ही (गिरीजाबाबु) स्टारटेड स्मोकिङ, त्यसपछि ७ दिनमा उहाँले तरुण दल खोल्नुभयो । नयाँ वाद, प्रतिवादको बीचमा, आलोचना, प्रत्यालोचना हुनुपर्छ, उनले भने, भाग नै नलिने भनेको त षड्यन्त्रको गन्ध हो । कोठामा राजनीति भएपछि खतरनाक हुन्छ । नीति, विचार र दर्शन मेरो इतिहास प्रष्ट छ । यो मान्छे प्रष्ट बोल्छ, नयाँ विचार र कुरा गर्छ र अलिकति अराजक छ भन्ने म स्वीकार्छु’, स्थापित भन्छन् ।
चुनावी घरदैलो कार्यक्रममा अन्य पार्टीका साथीहरु आफूप्रति आकर्षित भएको भन्दै उनले भने, ‘अंकमाल गर्छन् । अब सबै ठाउँमा एउटैको भयो भने त एमालेको सर्वसत्तावादको अंकुराउछ । त्यो छेक्न पनि काँग्रेस आउनुपर्यो ।’
यसअघि विश्वव्यापी कोभिड–१९ महामारीमा जनताको जीवन बचाउनु मुख्य भएको उनी भन्छन् । विगतको स्थानीय सरकारको काम उत्साहजनक भएन भन्नुभएन, म त काँग्रेसलाई पनि स्यालुट् गर्छु, त्यो बेला भुकम्पको बेला मान्छेको ज्यान बचाएको छ । त्यो बीचमा फिजिकल निर्माण भएन भनेर जोड्नुभएन ।
कोही मेयर भएपछि ६ महिनासम्म सगुन खान कुरेका छन् । जनताले भनेको मान्ने भन्दै जनताले दिएको अण्डा, माछा खाको छ । तर, म वा न डे सेलिब्रेसन गर्छु । त्यहाँ गाली गर्ने, आरोप लाउने सबै, सबै आउनुपर्यो नि । तर त्यसपछि नो सेलिब्रेसन । उपहार कुनैपनि स्वीकार्य हुदैन, संगठन शुद्धिकरणतिर लाग्ने उनले बताए ।
काठमाडौं मेयरमा अन्य नयाँ पुस्ताको उम्मेदवारी देख्दा गर्व लाग्ने उनी बताउँछन् । ‘तर, भिजनचाहिँ कपी पेष्ट गर्न भएन’ उनले भने । काँग्रेसका उम्मेदवार सिर्जना सिंह आफैं हार्ने उनले भने, ‘उम्मेदवारी दर्ता गर्ने क्रममा सभागृहमा मलाई केशव भाइ भन्नुभयो, त्यो सिस्टम उहाँहरुको पार्टीमा चल्ला, पुरानो बुझाइ अझै छ ।’
(स्थापितसँगको विशेष अन्तर्वार्ता एबीसी टेलिभिजनको कार्यक्रम आउटलूकमा शनिवार राति ९ बजे हेर्न सक्नुहुनेछ ।)
COMMENTS