बाजुरामा कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप

काठमाडौँ । बाजुरामा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप भएको छ ।

झडपका क्रममा एकीकृत समाजवादीका जिल्ला सचिव पुरबहादुर रावतमाथि नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट रावतसहित दुईजना गम्भीर भाइते भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनको अगाउपानीमा उनीहरूबीच शुक्रबार दिनभर झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा १० प्रहरीसहित र तीन जना कांग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १६ राउण्ड हावाई फायर गरेको थियो ।

झडपको अवस्था नियन्त्रणमा आउन नसकेपछि सदरमुकाम मार्तडीबाट प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलसहित सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतिर गएको प्रहरीले जनाएको छ । अहिले सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board