सप्तरीको डाक्नेश्वरीमा मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट

सप्तरी, ३० वैशाख । सप्तरीको एक मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको छ । घट्नापछि मतदान स्थगित भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

घट्नापछि मतदान स्थगित भएको छ । आज मतदान हुने सम्भावना कम रहेको निर्वाचन अधिकृत मगरले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board