मोरङ । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पदमा अग्रता बढाउँदै लगेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार बेलुकासम्म गणना गरिएको ४८ हजार २०१ मतमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १५ हजार ४३० मतका साथ अग्रता लिएका छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार सागर थापासँग ३ हजार ९३७ मतको अग्रता लिएका हुन् । थापा ११ हजार ४९३ मतका साथ कोइरालालाई पछ्याइरहेका छन् । स्वतन्त्रतर्फ उम्मेदवार उमेश यादवको ४ हजार ८०७ मत रहेको छ।
एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन् । कार्कीले हालसम्म १३ हजार १७९ मत पाएकी छन् । गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव ७ हजार ९४६ मतका साथ प्रतिस्पर्धामा छन् ।
राप्रपाकी उम्मेदवार बिन्दा लुइटेल आचार्यले ३ हजार ७७९ मत प्राप्त गरेकी छन् ।
COMMENTS