हेटौँडामा गठबन्धनको अग्रता कायमै

हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारहरुको अग्रता कायमै रहेको छ ।

हालसम्म ४३ हजार ३ सय ७० मत गणना हुँदा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार मीना कुमारी लामाले अग्रता बनाइरहेकी छन् । त्यसैगरी उपमेयर पदमा पनि गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका राजेश बानियाँले ठुलो मतान्तरले अग्रता लिएका छन् । लामाले १३ हजार ३५८ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।

राप्रपाका दीपकबहादुर सिंहले १२ हजार ५८५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने नेकपा (एमाले)का अनन्तप्रसाद पौडेलले १२ हजार ३३५ मत प्राप्त तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा कांग्रेसका राजेश बानियाँले १९ हजार ४ सय ५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई कायमै राखेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले १३ हजार ८७४ प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन् भने राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार १५३ मत प्राप्त गरेकी छन् ।

हालसम्म हेटौँडाको वडा नम्बर १, २, ३, ६, १६, १७, १८ तथा १९ नम्बरको नतिजा सार्वजनिक भइसकेको छ । नतिजाअनुसार १, २, ३, ६, १६ तथा १७ मा नेपाली कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् भने १८ र १९ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board