पृथ्वीसुब्बा गुरुङको गृहपालिकामा एमालेको प्यानलै विजयी

लमजुङ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको गृहपालिका क्व्होलासोंथर गाउँपालिकामा एमालेको प्यानलै विजयी भएको छ ।

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका उपमहासचिवसमेत रहेका गुरुङको गाउँपालिकाका जनप्रतिनिधिमा एकजना पनि अन्य दल निर्वाचित भएका छैनन् ।

गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङ निर्वाचित भएका छन् । उनले तीन हजार ८५६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४८९ मत ल्याएका छन् । एक हजार ३६७ मत अन्तरले सूर्यप्रसाद गुरुङले चुनाव जितेका हुन् ।

मंगोल नेसनल अर्गनाइजेसनका भुवरजङ गुरुङले ५१ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै गमिमाया गुरुङ तीन हजार ९८९ मतका साथ निर्वाचित भएकी छन् । प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना गुरुङले दुई हजार ३४० मत ल्याएकी छन् ।

एक हजार ६४९ मतान्तरले गमिमायाले चुनाव जितेकी हुन् । ९ वटा वडा रहेको क्व्होलासोंथर गाउँपालिकामा कुनै पनि वडामा अरु दलले जितेको छैन ।

क्व्होलासोंथर गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा पेमा गुरुङ, २ मा खुसीमान गुरुङ, ३ मा आशविर गुरुङ, ४ मा नारायण गुरुङ, ५ मा गीतबहादुर गुरुङ, ६ मा मनलाल गुरुङ, ७ मा लक्ष्मण गुरुङ, ८ मा सन्तोष घले र ९ मा हुमराज गुरुङ निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा वडा नम्बर २ र ८ नेपाली कांग्रेसले जितेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board