भरतपुरमा दाहालको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेणु दाहालले अग्रता कायमै राखेकी छन् । उनले तीन हजार ३१० मतान्तरले अग्रता लिएकी छन् ।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन् । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा (एमाले) बाट प्रमुखको उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गरेका छन् । यस्तै, स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा वडा नम्बर १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नम्बर ७ र ९ मा नेकपा (एकीकृत समाजवादी) तथा वडा नम्बर ३ मा एमाले विजयी भएको छ । वडा नम्बर ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board