जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा टेलिफोनमा समस्या दोहोरिएको छ । ३ जेठदेखि एनटिसी फोन नलाग्ने र लागेको बेला कुराकानी हुन नसक्ने समस्या देखिएको हो ।

गाउँपालिकाको केन्द्र चिसापानीबजारमै फोन नटिप्ने समस्या दोहोरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

जन्तेढुंगा गाउँपालिकामा पटक–पटक फोनमा समस्या आउने गरेको छ । तर, नेपाल टेलीकमले यसको दीर्घकालीन हल गर्न ध्यान नदिएको विष्टले बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष अरुणादेवी राईकै वडा जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा समेत फोनको समस्या देखिएको छ । फोनमा देखिएको समस्याका कारण इमरजेन्सी सूचना प्रवाहमा कठिनाइ हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत चैत दोश्रो हप्ता पनि जन्तेढुंगा गाउँपालिका–२ बोपुङ र काहुलेमा एनटिसी फोनमा समस्या देखिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board