इलामको सूर्योदयका लागि मेयर राईले गरे आठ योजना सार्वजनिक

काठमाडाै, ८ जेठ । विजयी भएपछि आयोजित घोषणा सभामार्फत उनले कृषि, शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधारलगायतका क्षेत्रमा विशेष योजनासहित ‘सूर्योदय मोडल’को विकास योजना सञ्चालन गर्ने बताए ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट विजयी राईले चुनावी अभियानका क्रममा प्रतिवद्धता समेत बनाएका थिएनन् । गठबन्धनले समेत संयुक्त घोषणा पत्र निकालेको थिएन ।

सुरुदेखि नै सूर्योदय नगरपालिकाले निर्माण गरेको चिया क्षेत्रको सुधारसम्बन्धी कार्यविधि र हरियो चियापत्तीको न्युनतम समर्थन मुल्यको कार्यान्वयनका लागि सरोकारसँग छलफल चलाउने र प्रभावकारी कार्यान्वयन गर्ने पहिलो योजना रहेको राईले बताए ।

उनले भने, ‘चियाको सर्मथन मुल्य र कार्यविधि ठिक छ कि छैन भनेर जनताको माझमा जान्छौं।’ पाँच वर्षमा गुणस्तरीय चिया उत्पादन गरेर विश्व बजारमा पुयाउने र चियाको दिगो विकास र व्यवस्थापन गर्नका लागि कार्यविधि बनेकाले दोस्रो कार्यकालमा त्यसलाई कार्यान्वायन गर्ने उनले बताए । उनले पाँच वर्षभित्र टि टेस्टीङ तथा प्रमोसनल सेन्टर निर्माण तथा सञ्चालन गर्ने बताए ।

प्रदेश सरकार र नगरपालिकाको लगानीमा इलामको कन्याममा उक्त संरचना निर्माणधिन छ । चियामार्फत नै सूर्योदय नगरपालिकाको विकासको मोडल बनाउने उनको योजना छ । गुणस्तरीय चिया निर्माणका लागि अनुदानको व्यवस्था गर्नेदेखि सूर्योदय नगरपालिकाका लागि बेग्लै चिया सहकारी स्थापना गरेर सहकारी मार्फत नै चिया उद्योग सञ्चालन गर्ने उनको योजना छ ।

उनले नागरिकलाई स्थानीय सरकारको कामको प्रभावकारी सूचना प्रवाह दोस्रो योजना रहेको बताए । उनका अनुसार नगर कार्यपालिका र नगर सभाका सम्पूर्ण गतिविधि फिक्कल चोक बजारमा डिस्प्ले बोर्ड राखेर सार्वजनिक गर्ने योजना रहेको बताए ।

उनले नगरको कतिपय सेवा पनि ‘डिजिटल एप’को माध्यमबाट नागरिकले घरैबाट लिनसक्ने व्यवस्था गर्ने बताए । उनका अनुसार नगरपालिकाले अति विपन्न वर्गका लागि निःशुलक स्वास्थ्य विमाको कार्यक्रम ल्याउने छ । अति विपन्न वर्गको पहिचान भै सकेको उनले जानकारी गराए ।

राईले स्वास्थ्य जोखिमतालाई ध्यानमा राखेर नगरपालिकाले फिक्कलमा ५० वेडको अस्पताल स्थापना गरेर गरेर पाँच बर्षमा सञ्चालन गर्ने योजना सुनाए । पर्यटकीय क्षेत्रमा यस अघि नै केहि काम भएको भन्दै राईले अब सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धनको काम अघि बढाउने बताए । उनले भने,’पर्यटनमा सूर्योदय नगरपालिकाको नामले इलामलाई चिनाउने छौं ।’ फिक्कल माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरेको नगरपालिकाले पाँच बर्षमा करफोक माध्यमिक विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने योजना सुनाए । उनले नगरकै थप एक विद्यालयलाई समेत नमुना विद्यालयको रुपमा विकास गर्ने बताए । उनले विद्यालयमा व्लाकवोर्ड स्थापीत भइसककेले यसलाई थप प्रविधि मैत्री शिक्षणमा रुपान्तरण गर्ने बताए ।

उनले गाई पालन र दुग्ध उत्पादनमा व्यवसायीकता हासिल गर्दै आएको इलाम नगरपालिकाले नगरका पशुमा देखा पर्ने खोरेत रोगको नियन्त्रण गरी नगरलाई नै खोरोत मुक्त बनाउने योजना अघि सार्ने बताए । उनले भने,’खोरेत मुक्त दुग्ध परिकारको अन्तराष्ट्रिय बजारको खोजी गरेर तेस्रो मुलुकमा नियातको व्यवस्था गर्ने गर्नेछौँ’

भ्रष्टाचार नियन्त्रणका लागि नयाँ नेतृत्वलाई परिचालन गर्ने उनको योजना छ । उनले भने, ‘भ्रष्टचार नियन्त्रका लागि मेरो नेतृत्व दह्रो रुपमा उभिने छ,’ उनले भने, ‘आगामी कार्यकाल सूर्योदय नगरपालिकालाई नमूना नगर बनाउन सार्वजनिक प्रशासनलाई निष्पक्ष, पारदर्शी, भ्रष्ट्रचारमुक्त, जनउत्तरदायी र सहभागतामूलक बनाउँदै शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन, भौतिक पूर्वाधार, प्रविधिमा योजनाबद्ध काम हुनेछ ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board