शुभशंकर कँडेल : देशभर नै सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महनरपालिकाको गणनाको रोचकता कम भएर आश्चार्य बढिरेहेको देखिएको छ । कसरी यति धेरै फरक प¥यो ? कसरी रेणुलाई यति धेरै मत आयो ? कसरी एमालेले पनि रेणुलाई मत दिए जस्ता प्रश्नहरु चितवनका चोक, गल्ली र चिया पसलमा सुन्न पाइन्छ । यस्ता प्रश्न अझै केही समय चलिनै रहनेछन् ।
यस्ता प्रश्न उठ्नु अस्वभाविक भने होइन् । चितवन महानगरपालिकाभित्र माओवादी केन्द्रको पार्टी हैसियत र जनमत तेस्रो नै हो । त्यो पनि निकै ठूलो जनमतको अन्तरमा । तर अघिल्लो पटक अलिक बढी बद्नामकीका साथ मेयर पदमा निर्वाचित भएपछि भतरपुरको राजनीतिक र जमिनी दृश्य बदलिएको तर्फ धेरैको ध्यान नगएको पाइन्छ ।
नेकपा विघटन भएपछि एमालेलाई लाग्यो– रेणुलाई प्रचण्डकी छोरी भनेर हेपिरहेमा आफ्नो पक्षमा माहोल बन्नेछ । त्यसैका लागि ओली समेत भरतपुर उत्रेर चितवनका कांग्रेसले जहिलसुकै प्रचण्डका बाउ–छोरी बोक्न पर्ने भयो । विचराहरुले रुखमा कहिले भोट हाल्ने होलान् भन्दै दया देखाएको स्वाङ गरेर कांग्रेसीहरुलाई उत्तेजित पार्न कुनै कसर बाँकी राखेनन् । त्यो तरिका परम्परागत आलोचनको सा¥है निम्छरो विरोधको शैलीभन्दा बढी केही थिएन । र भएन पनि ।
अघिल्लोपटकको निर्वाचनमा रेणु चितवन जाँदा उनी प्रचण्डको छोरीकै रुपमा गएकी थिइन् । आम मतदाताले त्यसरी नै बुझेका थिए । यद्यपि उनी त्यसअघि प्रतिनिधिसभाको सदस्य भइसकेकी थिइन् । प्रत्यक्ष चुनाव पनि लडेकी थिइन् । प्रचण्डको परिवारभित्रबाट निसन्देह एकजनामात्र राजनीतिक चरित्र बोकेकी सन्तान उनीमात्रै थिइन् । यस्ता कुरातर्फ भरतपुरवासीलाई त्यति धेरै मतलव नभएको बुझिन्थ्यो उतिबेला ।
अब उनले चुनवा जित्दै गरेको सन्दर्भ भन्नु पहिले जित्ने निश्चित देखिएको जमिनका बारेमा चर्चा गरौं । चैत महिनाका तीन हप्ता यो पङिक्तकार भरतपुर बस्नु परेको थियो आफ्नै पारिवारिक कारणले । चैत ६ गते मेरो आमको दुखद निधन भएपछि हामी सबै परिवारका सदस्य त्यहीं थियौं । हाम्रो परम्परा र चलन अनुसार हामीलाई भेट्न दाजुभाई, छरछिमेकी र साथीभाई आउने नै भए । हामीलाई भेट्न सवैभन्दा बढी त कांग्रेस समर्थक र एमालेका साथीहरु आएका थिए । माओवादीहरुलाई यस्ता कुरामा मतलव हुँदैन । केवल आफनो सो¥याक परे हुन्छ । १३ दिनसम्मको कर्मकाण्डका बेला धेरै जसो सचेत मतदाताहरुसँग भेट भएको थियो । त्यतिबेलै भरतपुरमा एमालेको घरदैलो अभियान चलेको थियो । मित्र कृष्णभक्त पोखरेलले भरतपुरको अवस्थाबारे विस्तारमा मलाई बताउनुभएको थियो । ‘सैपनि एमाले, मैपनि एमाले‘ भन्ने गीतमा युवायुवतीको आकर्षणबाट माननीय पोखरेल पनि चकित परेको उहाँले बताउँदै वास्तविक स्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।
राजनीतिक कार्यकर्ताहरु सत्ता र शक्तिका पदमा पुगेपछि ती पदले उत्पन्न गर्ने विकारपूर्ण तापबाट नउम्लने कोही पनि हुँदैन । त्यसमाथि झन देश नै हाम्रो आदेशमा चल्नु पर्छ भन्ने कथित आग्रहको दास बनेका माओवादी नेता कार्यकर्तालाई शक्तिका कुर्सीले भुईं न भाँडामा बनाएको उसको पार्टीको हैसियत लगातार संकुचनमा परेबाट अरु बढी लम्वेतान व्याख्या गर्नै पर्दैन । यसको अर्थ विशालकाय संगठन भएकाहरु यस्ता दुर्गुणबाट बचेर हो त भन्ने कुरा पटक्कै होइन । संसदीय लोकतन्त्र भनेकै ढंग पु¥याएर मतदातालाई बेकुफ बनाउने प्रणाली हो । नेका, एमाले लगायतका दल त्यो विधामा पारंगत छन्, तर माओवादी राजनीतिक उछृङ्खलता जस्तै, खाने, पिउने कुरामा पनि त्यस्तै भद्धापन प्रदर्शन गरेका कारण जनतालाई यी त झन् बद्मास रहेछन् भन्ने परेको मात्र हो ।
कुरा फेरि भरतपुरकै, हामी भरतपुर घरमा आशोचमा बसेका बेला एमालेको घरदैलो र माओवादीका तडकभडकपूर्ण सभा, बैठक र छलफलले चैते घामको रापजस्तै गरी गति लिएको थियो । तर कांग्रेसी कार्यकर्ताहरु गहिरो निराशामा थिए । उमेद्वार को हो ? यसपटक पनि रुखमा भोट हाल्नबाट बञ्चित गर्ने हुन् कि ? यदि त्यसो भए हँंिसया हथौडामा भोट हाल्नुभन्दा सूर्यमा भोट हालिन्छ भन्ने कांग्रेसी कार्यकर्ताका चिया गफहरु चलिरहेको पनि हाम्रा छिमेकीहरुले बताइरहेका थिए ।
त्यही मेसोमा चितवन पुगेका बेला एकदिन प्रचण्ड पनि दलबलसहित हामीलाई भेट्न आउनु भएको थियो । त्यो बेला प्रचण्ड पनि चुनाव हुन्छ कि हुँदैन भन्ने दुविधामा भएको छनक दिनुभएको थियो । त्यसअघि पुराना मित्र अमिक शेरचनले हामीसँग गफिंदै चितवनका विभिन्न टोलको नाम कसरी रह्यो भन्ने ऐतिहासिक तथ्य सुनाउंदै यो व्यवस्थाबाट वाक्क भएको जस्तो भाव प्रकट गर्नुभएको थियो । यद्यपि उहाँ यही व्यवस्था अन्तर्गत उपप्रधानमन्त्री बन्नुभयो । अहिले लुम्विनी प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ । तर पनि कसैले प्रश्न उठाउन नसक्ने सादगी नेता भएकोमा उनका साथीभाइहरु सबैले गर्ब गर्दछन् ।
प्रचण्डजी हाम्रो घरमा आउँदा रेणु थिइनन् । तर उनका श्रीमान्सँगै थिए । अर्जुनजी भन्दै थिए, रेणु भोलि आँउछिन् । तर हामीलाई यस्ता कुराप्रति कुनै रुचि थिएन । आशोचमा बसेका बेला हामीले कसैलाई आउ वा नआउ भन्ने कुरै भएन । राम्रो के भयो भने हामी चितवन बसेका बेला रेणुसँग हाम्रो भेट भएन । यसप्रति हाम्रो परिवारमा भने खासखुस चलिरहेकै थियो । त्यो कारण भनेको त्यस अघि हामी चितवन गएका बेला हाम्रो भेट भइरहन्थ्यो । त्यतिमात्र होइन आम रुपमा प्रचण्डसँगको हाम्रो सम्वन्धलाई अलिक बढी पनि सोचियो कि भन्ने लाग्दालाग्दै पनि हाम्रो सम्वन्ध पारिवारिक स्तरमा अनौपचारिक तहको त थियो नै ।
मलाई रेणुको ५ वर्षे कार्यकालमा उनी कति वेदागी रहन सकिन् भन्ने जान्नु थियो । औपचारिक र कानुनी रुपमा प्रचण्ड कुनै पनि आर्थिक अनियमितताका घटनामा मुछिएको कुनै उदाहरण छैन । तर सबै नेता चोर, सबै नेता बेइमान, सबै उस्तै भन्दै गर्दा प्रचण्ड र उनको परिवारलाई परिवारवादका अतिरिक्त देशको अधिक धनी व्यक्तिका रुपमा समेत बद्नामी भइरहेको थियो । मलाई त्यही कुरा चितवनमा जान्नु थियो । रेणु मेयर भएपछि चितवनमा देखिने विकास आश्चार्यजनक रुपमा भएको छ । सम्भवत रेणु प्रचण्डकी पुत्री नभएर भरतपुरमा जे भइरहेहो छ, त्यो भएको भए देशविदेशका विकास नमुनाका रुपमा प्रचार हुने थियो । तर उनी प्रचण्डकी छोरी नभएको त्यो काम हुन सम्भव नै नभएको अर्को कटु सत्य हो । त्यो भन्दा पनि मलाई जान्नु थियो भरतपुर महानगरपालिका हाँक्दा रेणु आर्थिक अपचलन वा भ्रष्टाचारमा संलग्न भएको भन्ने आमजनतालाई छाप परेको छ कि छैन भन्ने । मैले भेटेका टाँठाबाठा मानिने विशेषगरी नेका र एमाले समर्थकहरुसँग प्रचण्डको बद्ख्वाईं धैर्यतापूर्व सुनेपछि त्यो जेसुकै होस् रेणुको के छ भन्ने प्रश्न हुन्थ्यो । सबैको एउटै जबाफ थियो । ‘भित्रभित्र के के गरे, त्यो थाहा भएन, तर रेणुले भ्रष्टाचार गरी भन्न सकिन्न‘ । अहिले उनले धेरै लोकप्रिय मत पाएको र एमालेले आफ्ना मतदाता भनेकाहरुले समेत रेणुलाई मत दिएको कारण नै यही थियो ।
अझ कतिसम्म थियो भने कतिपय माओवादीका भाइहरु कांग्रेससँग मिलेमा हार्ने खतरा छ, तर एक्लै उठे रेणु दिदिको जितलाई कसैले रोक्न सक्दैन भन्न पनि पछि पर्र्दैनथे । यस्ता कुराको मन्थनतिर लाग्ने मलाई कुनै रुचि थिएन । यस्तो मनको लड्डु त खान मिल्छ । सधैंभर त्यस्तो भ्रममा बाँच्न हुँदैन । स्थानीय निर्वाचन भएमा भरतपुरमा फेरि रेणु उमेद्वार बन्ने कुरा निश्चित थियो । तर मैले त्यसलाई प्रचण्ड परिवारको अनावश्यक हठ हो भन्ने ठान्छु । यहाँ यो विषयको छलफल नगरौं ।
भरतपुरमा रेणु उमेद्वार भएपछि गठबन्धन हुने त निश्चित नै थियो । देउवालाई राम्ररी थाहा थियो कि आफ्नो सत्ताको नाभी नै भरतपुरमा गाडिएको छ । तर जगन्नाथले देउवाको जगमात्र हल्लाएनन् कि प्रचण्डलाई पनि हैरान पारे । त्यो समयमा देउवा–प्रचण्डहरुले रेणले ५ वर्षमा बनाएको स्थानीय सम्वन्धन र मतधारको आयतन विस्तारलाई वास्तै गरेनन् । यदि यस कुरामा हेक्का राखेको भए जगन्नाथले यति धेरै महत्व नै पाउने थिएनन् ।
अर्कातिर एमालेलाई के लाग्यो भने चियापसलमा हुने गफ र माओवादी विरोधी धारणा नै भरतपुरको जनमत हो भन्ने गल्ती गर्न पुग्यो । चितवन जस्तो ठाउँमा भिजेका एमालेका नेता कार्यकर्ताहरुलाई पनि केन्द्रकै विमार सल्केको हुनसक्छ । ओलीदेखि देवी ज्ञवालीसम्मलाई माओवादीलाई हराउन प्रचण्डको परिवारवाद र परमादेशी सरकारको हतियारले काम गर्छ भन्ने लाग्नु नै रेणुको अधिक मत आउने कारण हो । एमालेले आफ्ना भनिकएका मतदातालाई प्रचण्डको परिवारवाद र परमादेशी सरकारको झटारोसँग मतलव नै थिएन । रेणुले घरघरमा पुगेर बनाएको सम्वन्ध र त्यसरी जनप्रतिनिधिसँग बनाएको सम्वन्ध तरल मतदाताको मतदानको आधार बन्न पुग्यो । त्यसमाथि एमाले तलस्थानीय जनप्रतिनिधिका रुमपा भरतपुरका जनताका बीचमा नगएको दुई दशकभन्दा बढी भइसकेको उसले विस्र्यो । दैनिक नगरपालिका कार्यालयमा पुगेर आम नागरिकले नगरअधिकारी रेणुसँग गरेको अनिवार्य सहकार्यले रेणुलाई सबैभन्दा बलियो बनायो । सारमा भन्दा भ्रष्टाचारमा नमुछिएको, आम मतदातसमक्ष सामान्य महिलाका रुपमा प्रस्तुत भएको छवि र त्यहाँ भएको भौतिक विकासको विम्वले रेणुलाई बलियो बनाएको सहजै बुझ्न सकिन्छ । त्यसमाथि एमालेले उमेद्वार छनोट, पूर्व माधव समूहप्रतिको बैरभावपूर्ण व्यवहार पनि रेणुका लागि लाभ बन्न पुग्यो । किन कि ओली विरोधी आन्दोलनको अन्तिम क्षणसम्म त सबैभन्दा बढी भरतपुरका एमाले समर्थक मतदाता रेणुको कार्यकर्ताका रुपमा क्रियाशील रहेका थिए ।
यसका अतिरिक्त जगन्नाथले नम्बरी कांग्रेसीका भोट यताउता हुनबाट रोकेर भुईंकटहरमा सिंचित गराएपछि त रेणुलाई झन सहज भयो । के यतिमात्र यो जीतको कारण हो त ? अवश्य होइन । रेणु प्रचण्डकी छोरी भएको, छोरीका लागि प्रचण्डले जे पनि गर्न तयार रहेको, भन्ने कुरा माओवादी कार्यकर्ताले मत धम्क्याउन भन्नै परेन । किनि कि भोट खुशी र त्रास दुवै तरिकाले पर्दछ । एमालेले नै यो विषयको प्रचार गरिदियो । त्यसले गर्दा मतदाताहरु आश र त्रास दुवै कारणले रेणुलाई नै मत दिने तहमा पुगे । किनकि प्रचण्डले जे पनि गर्ने भएपछि त जित्ने आखिर उसले नै हो अनि किन अन्यत्र मत दिनु भन्ने तहमा मतदातालाई एमालेले नै पु¥याइदियो ।
एमालेले त्यसो भनिरहेको कथन पटक्कै गलत थिएन । तर उसलाई के थाह भएन भने काठमाडौंमा केशव स्थापितले बालेन शाहको व्यंग्य गरेर प्रचार गरिदिएजस्तै चितवनमा एमालेले प्रचण्ड परिवारको विरोध गरेको भन्दै गर्दा मत नदिनेलाई रेणुलाई नै मत दिन बाध्य पारिदियो । मत नदिए राम्रो नहुने भन्ने चेतावनी माओवादीका कार्यकर्ताले दिनै परेन । यो कामको मोर्चा शुरुदेखि अन्तिमसम्म एमालेले सम्हाल्यो । त्यही कुरालाई थप बल पु¥याउने कामका लागि रेणुलाई यसपटक पहिलो चुनावमा भन्दा धेरै सहज थियो ।
पहिलो पटक रेणु चुनाव लड्दा उनी केवल प्रचण्डकी छोरी थिइन् । तर यसपटक त उनी ५ वर्षे सरकार चलाएको शासकका साथै हरेक घरपरिवार चिन्ने, कसको कस्तो मनोदशा छ भन्ने बुझने चुनावी रणनीतिकार पनि बनेकी थिइन् । यति कुरा बुझेपछि स्रोत परिचालनको एकाधिकार भएको जो कोहीले पनि सहजै चुनाव जित्न सक्छ । यसपटक भएको यही हो । त्यसमाथि रेणुले केही पनि गरिन्, भ्रष्टाचार गरी, उस्तो गरी भन्ने गुनासो थिएन । एमालेले भन्ने गरेको चितवनमा भएको विकास रेणुले घरबाट पैसा ल्याएर गरेकी हो र ? भन्ने प्रतिकारपूर्ण प्रश्नलाई जनताले मतलव नै गरेनन् ।
किन कि यसभन्दा अघि पहिले कहिल्यै केही नहुने, तर रेणु मेयर भएपछि सबै एकैपटक ह्वात्तहुत्त भयो भन्ने कुरामा मतदातालाई प्रभाव पारेको थियो । राजनीतिक आग्रह नबोक्दा चितवनका लागि प्रचण्डका बाउछोरी जनप्रतिनिधिको रुमपा पाउनु भाग्य हो भन्ने जमात पनि ठूलो छ चितवनमा । किन कि पहुँच विना विकास निर्माणका खुद्रे काम नहुने हाम्रो प्रणालीमा पावरमा भएका मानिस त चाहिएकै थियो ।
चितवनमा मतदान सकिएलगत्तै एबीसी टेलिभिजनले सार्वजनिक गरेको एक्जिट पोलमा भरतपुरमा रेणुले शानदार रुपले जित्ने तथ्य सार्वजनिक गरिएको थियो । अघिल्लो पटक जस्तै यसपटक पनि सयौं मिडियाको भीडमा एबीसी टेलिभिजन मात्र एकमात्र एक्जिट पोल सार्वजनिक गर्ने र ९९ प्रतिशत नतिजा मिलाउने टेलिभिजन (मिडिया) बनेको छ ।
चितवनमा भएको एउटा सभामा प्रचण्डले कांग्रेसी कार्यकर्तालाई चेतावनी दिए । यसको राष्ट्रिय रुपमा नै व्यापक विरोध भयो । बन्द कोठाभित्र बसेर भलाद्मी लोकतन्त्रको कुरा गर्दा प्रचण्ड कथन गलत हो । तर प्रचण्डले त्यो भनाई कुनै आवेशमा आएर बोलेका थिएनन् । कांग्रेसलाई कुन विधिबाट ट¥याकमा ल्याउन सकिन्छ भन्ने नेपालमा कसैलाई सबैभन्दा बढी थाहा छ भने त्यो केवल प्रचण्डलाई मात्र थाह छ । त्यसैले प्रचण्डले कांग्रेसीहरुलाई सुनियोजित रुपमा चेतावनी दिएका थिए। त्यही कारण कांग्रेसीहरु कि त भुंइकटहर खोतल्न पुगे या हँसिया हथौडाबाट दायँबायाँ गर्नै सकेनन् । गर्मी यामको धुपमा सूर्य हेर्न नसकेजस्तै कांग्रेसीहरुले त्यतातिर पिलिक्क पनि हेरेनन् । त्यो अवस्थामा प्रचण्डको बैशाख २३ को चेतावनीले नै काम गरेको हो भन्ने कुरा बुझ्न चुनाव कुर्नै पर्दैन्थ्यो । प्रचण्डका बाउछोरीलाई चितवनबाट लखेट्ने ध्वाँस दिने जीतनारायण श्रेष्ठहरुले २३ गतेकै सभामा आत्मसर्पण गरेका थिए । भोलिपल्ट विहान पुरस्कार बुझेर जगन्नाथलाई ठेगान लगाउन हिंडिहाले । चुनावमा हुने नै यही हो । भरतपुर चुनावले प्रचण्डलाई नेपालको सबैभन्दा ठूलो चुनावी खेलाडी सावित गरिदिएको छ । समग्रमा यो स्थानिय निर्वाचनका राजनीतिक र सिटका हिसाबले एकमात्र विजेता नै प्रचण्ड बनेका छन् ।
प्रचण्डका अन्तराविरोधी व्यक्तित्वको उत्तराधिकार रेणुलाई ठानेर असल जनप्रतिनिधि बन्न रेणुलाई दम्भी शासक बन्नबाट भरतपुरवारीले रोक्नै पर्दछ । तुलनात्मक रुपले असल जनप्रतिनिध यसपकट शानदार रुपमा दोहरिएका छन् । मतदाताले समेत रोजाइलाई फराकिलो बनाएका छन् । अवश्य नै चितवनमा जगन्नाथ पौडेलमा कांग्रेसी आडम्वर बाहेक थोरै पनि जनप्रतिनिधि बन्ने चरित्र हुँदो हो त उनले रेणुलाई धेरै अप्ठेरो पार्ने थिए । जसरी जुम्लाको चन्दननाथ, बाजुराका डिलासैनी लगायतका ठाउँमा गठबन्धनका असली उमेद्वारलाई वागीले सबक सिकाएका छन् । त्यतिमात्र कहाँ जनकपुरमा गठबन्धनका अफिसियल उमेद्वार निर्वतमान मेयरलाई मुख देखाउन नसक्ने बनाइदिएका छन् त्यहाँका कांग्रेसी बागीले । तर चितवनमा जगन्नाथले कांग्रेसी जग हँसाई बाहेक बढी केही गर्न सकेनन् ।
अन्तमा बहिनी रेणुलाई अनगिन्ती शुभकामना । बहिनी तिमि प्रचण्डको छोरी मात्र भएर होइन एक असल जनप्रतिनिधि भएर अगाडि आउनु पर्दछ । त्यसोग गरेर मात्र प्रचण्ड–सीता दम्पत्तिको चाहना पूरा हुनेछ । यो कार्यकालमा तिमिलाीई पथविचलित बनाउने अनेक षडयन्त्र र खेल हुनेछन् । हमेशा सचेत रहनु । तिमीले आफ्नै भनेकाहरुबाट र नजिकै बसेकाहरुबाट सधैंभर चनाखो बन्नु । बुवाजस्तो नजिककाहरुप्रति होस्ल्याङे बन्ने गल्ती तिमिले गर्ने छैनौ । अप्ठेरो छैन भने काका ओलीको शुभकामना लिन एकपटक बालकोट पुगेर यो चुनावमा उनले लगाएको गुनप्रति कृतज्ञता व्यक्त गर्नु । यो तिम्रो रोजाई हो । तर गाउँघरतिर फलेका हाँगो निहुरिन्छ भनेको सुनेका कारण मैले सम्झाएको मात्र हो । फेरि पनि अनेक अनेक शुभकामना ।
COMMENTS