तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने

काठमाडौँ । तारा एयरको ‘ट्वीनअटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो ।

‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौँ ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकोप्टरबाट आधारस्थल कोवाङ ल्याइसकेको र उक्त शवहरु नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले मंगलबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board