पेट्रोलियम पद्धार्थकाे मुल्यवृद्धि हुँदा व्यवसाय तालाबन्दी र जनता भोकै मर्नुपर्ने स्थिति ल्यायाेः महेश बस्नेत

काठमाडाै, २७ जेठ । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मुल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए।

निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उनले बताए। आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उनले टिप्पणी गरे।

उनले भने, ‘सरकारले आज फेरि मट्टितेल र डिजेलमा मूल्य बढाएको छ। व्यवसायी तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको छ। अब महंगी झन् बढ्ने भयो । यो पटक पनि पुँजीगत खर्च नहुने भयो। निर्माण क्षेत्रमा मात्रै २५ प्रतिशतले महंगी बढेको छ। निर्माणको काम अलपत्र। बजेट सिमित नेता मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको छ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board