मल अभावको दीर्घकालीन समाधान कारखाना खाेल्नु हाेः कृषिमन्त्री यादव

काठमाडौँ, ३१ जेष्ठ । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले मल अभावको दीर्घकालीन समाधान मल कारखाना रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदले मन्त्रालयको बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । नेपालमा वर्षैपिच्छे मलको अभाव हुने गरेको र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्ने मन्त्री यादवको भनाइ थियो ।

उनले त्यसका तीन विकल्प रहेको संसद्लाई जानकारी दिए । उनले भने, ‘मलको स्थायी निकास भनेको पहिलो मल कारखानाको स्थापना गर्ने होस यसमा समय लाग्न सक्छ । दोस्रो, आयल निगमजस्तै व्यवस्था गर्नुपर्ने हुन्छ । तेस्रो, जीटूजी माध्यमबाट ल्याउने हो ।’ मल कारखाना स्थापना गर्ने सबै प्रक्रिया उद्योग मन्त्रालयबाट हुने मन्त्री यादवले बताए ।

उनले भने, ‘मल कारखानाका लागि बजेट छुट्याइएको छ । यो उद्योग मन्त्रालयसँग सम्बन्धित विषय हो । कृषि मन्त्रालय मलको लागि कारखाना स्थापना हुनुपर्ने तर उद्योग मन्त्रालयबाट समग्र प्रक्रिया अगाडि बढेको छ । लगानी बोर्डबाट नै यसको प्रक्रिया अगाडि बढ्नेछ ।’ मन्त्री यादवले किसानको क्षति अनुदानको जिम्मेवारी दिने काम गृह मन्त्रालयको भएको बताए ।

असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट आउने मल नेपाल आइसक्ने मन्त्री यादवले बताए । उनले टेन्डर लागेका मल आउने क्रम जारी रहेको बताए । मन्त्री यादवले झोल मलको प्रयोग गर्नका लागि वैज्ञानिकहरूले सिफारिस गरेको र मन्त्रालयले त्यसको प्रयोग पनि गर्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board