काठमाडौं । डा. भगवान कोइराला नेतृत्वमा स्थापित काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई गणपति वनस्पति प्रा.लिले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
सो कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार आयोजित एक कार्यक्रमका बीच सो रकम सो संस्थालाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिश
कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर, राज कुमार मोर, प्रवन्ध निर्देशक अमित मोर, डाइरेक्टरहरु श्रीमती अनन्ता मोर र राजिब मोरको उपस्थिति थियो ।
गणपती बनस्पती प्रालि बिगत २५ बर्षदेखि संचालनमा छ । सो कम्पनीले स्बदेश तथा बिदेशमा बिपद ब्यबस्थापन, बैज्ञानिक आबिस्कार, बिद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, बिपन्नको उपचार, भौतिक पूर्बाधारको लागि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
COMMENTS