- दिलमाया शाही
जुम्ला । सिञ्जा क्षेत्रका तीन वटा पालिकालाई समेटिने गरी मालपोत कार्यालय र नापी कार्यालय स्थापना गर्न पहल गर्ने विषयमा दलीय समर्थन भएको छ ।
सिञ्जाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी मालपोत र नापी राख्न माग गरिएको हो ।
भूमि व्यवस्था विभागले सर्वदलीय राय मागेपछि एकमतका साथ निर्णय गरी सिंजामा मालपोत कार्यालय आवश्यक रहेको भनि निर्णय गरिएको हो ।
जुम्लाको सदरमुकामदेखि टाढा रहेको सिञ्जा क्षेत्रका नागरिकलाई जग्गाको कारोबार गर्न समस्या भएको छ । सिञ्जामा इलाका प्रशासन कार्यालय रहेकाले सिञ्जा गाउँपालिकाको नराकोटमा नै मालपोत र नापी कार्यालय स्थापना गर्न उपयुक्त भएको निष्कर्ष निकालिएको हो ।
COMMENTS