काठमाडाैँ । पिपुल्स पावर कम्पनीले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । जसमध्ये अतिप्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता सेयर बिक्री गर्ने छ । यसैगरी, इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपिओ जारी हुने छ ।
यसमा असार २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिसम्म सबै सेयर बिक्री नभएमा साउन ५ गतेसम्म आवेदन दिन सकिने छ । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् ।
यस बाहेक सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत् उक्त आइपिओमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ ।
COMMENTS