काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष कोअर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँले शिक्षक काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजनकुमार पौडेल र कलेजका कोर्ष कोअर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौँ कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरुविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरुविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।
COMMENTS