काठमाडौं, १३ असार । नेपाली कम्युनिष्ट आन्दोलनको एक शिर्षस्थ हस्ती मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई उचाई दिएको छ । बि.सं. २००९ सालमा ताप्लेजुङमा जन्मिएका भण्डारीको निधन २०५० साल जेठ ३ गते भयो । उहाँको रहस्यमय जीप दुर्घटना केवल दुर्घटना मात्रै नभई नियोजित हत्या हो भन्नेमा सबैको एकमत रहेको छ ।
तर कसले हत्या गर्यो भन्नेमा छानविन समितीहरु बनेपनि एकिनका साथ त्यो हत्या प्रकरणको यथार्थ बाहिर आउन सकेको छैन । मदन हत्या प्रकरण इतिहासको गर्भमा रहस्यीमय घटनाको रुपमा दर्ज भएको छ । यद्यपी उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप नै आज नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरु बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा छन् ।
सोभियत संघको बिघटनसंगै विश्व कम्युनिष्ट आन्दोलन धराशायी हुन लागेको र बिश्व ब्यापी रुपमा प्रजातान्त्रीक लहर चलेको सन १९९० को दशकमा नेपालको कम्युनिष्ट आन्दोलन जोगाउने एउटै मात्र रक्षाकवच जनताको बहुदलीय जनवाद रहेकोमा दुुई मत हुन सक्दैन । जनताको बहुदलीय जनवादकै बलमा नेपालमा कम्युनिष्ट आन्दोलनले उचाईलिएको घटनालाई बिश्वले नियालेको थियो । त्यसैले पुजिवादी शासन ब्यवस्थाको बकालतीलाइृ जोड दिने बिश्व बिख्यात अमेरिकी पत्रिका न्यूज विकले समेत मदन भण्डारीका बारेमा लेख्न बाध्य भयो ‘नेपालमा काल माक्र्स जिवितै छन्’ भनेर ।
यौटा मान्छे मर्दा स्वास्नी विधवा हुन्छे र छोराले बरखी बार्छ
यौटा योद्धा मर्दा राष्ट्र विधवा हुन्छ र इतिहासले बरखी बार्छ
वि.सं.२०५० साल जेठ ३ गते जब युगपुरुष जननेता मदनकुमार भण्डारीको रहस्यमय मृत्यु भयो, त्यसबखत यी पंक्तिहरु भने निकै चर्चा बटुल्दै थिए । जनताको बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारी जीवनकालभर शासकहरु र प्रतिक्रियावादीहरुको आ“खाको तारो बनिरहे । जनतामाथि लादिएको सामन्ति शोषण र दमनपूर्ण विरासतको भारलाई एउटै का“धले थाम्न खोज्ने मदनको अदम्य साहसलाई, कतिपयले आधीको संज्ञा पनि नदिएका होईनन् । वि.सं.२००९ साल असार १४ गते ताप्लेजुङ्ग जिल्लाको ढुङ्गेसाघँुमा पिता देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको छोराको रुपमा मदनको जन्म भएको थियो । पा“च दाजुभाइ र पाँच दिदीबहिनीमध्ये मदन माहिला हुन् । उनको न्वारानको नाम चाहिं मोतिप्रसाद भण्डारी थियो ।
वाल्यकालमा उनको शिक्षा घरमै चण्डीपाठबाट शुरु भयो । त्यसवेला उनको परिवारलाई जान्नेहरु बालक मदनले चण्डी कण्ठाग्र गरेको घटनालाई करीकरीव अलौकिक नै मान्थे । त्यसैले मदन बालककालमै जिल्लाभर नै चर्चित थिए । उनको बौद्धिकता र स्मरण शक्ति समयको अन्तराल सँगै झनै तिखारिएर गयो । २०२४ सालमा बाल सुवोधिनी संस्कृत प्रधान पाठशालाबाट प्रवेशिका उर्तिण गरे लगत्तै मदन उच्च शिक्षा हासिल गर्नका लागि भारतको मथुरा पुगेका थिए । दुई वर्षपछि देहरादुन हुँदै उनी बनारस पुगे । त्यहाँ बनारस हिन्दू विश्व विद्यालयवाट भाषा साहित्यमा मदनले स्नातकोत्तर गरे । बनारस बस्दाकै समयमा वि.सं.२०२८ सालमा उनको भेट नेकपाका संस्थापक महासचिव पुष्पलालसँग भयो । यो भेट नै उनको राजनीतिक यात्रा तर्फको पहिलो पाइला थियो ।
त्यसलगत्तै २०२९ सालमा मदन पुष्पलालकै जनवादी साँस्कृतिक मोर्चाको केन्द्रीय सदस्य भएका थिए । जनवादी साँस्कृतिक मोर्चामा संगठित हुने उनको यात्राको पनि रोचक प्रसंग छ । उनमा त्यसबेला राजनीतिक भन्दा पनि साहित्यिक चेत बढी थियो । मदनका सहयोद्धा डा.मोदनाथ प्रश्रितका अनुसार कलेज पढ्ताका मदनले एउटा काव्य लेखेका थिए । मानव महाकाव्य लेखेर मदन पुरस्कार पाइसकेका प्रश्रित त्यसबेलाका चर्चित लेखक कहलिइसकेका त थिए नै, राजनीतिक रुपमा पुष्पलालसँग नजिक रही उनको सांस्कृतिक मोर्चासँग आवद्ध थिए । मदनको प्रतिभा देखेर नै प्रश्रितले उनलाई सांस्कृतिक मोर्चासँग आवद्ध हुन मनाएको बताउँछन् ।
सांस्कृतिक मोर्चाको कार्य क्षेत्र नेपालको लुम्विनी अञ्चलका जिल्लाहरु थिए । त्यसैले मदन पनि नेपाल आएर सांस्कृतिक अभियानबाट कम्युनिष्ट विचारको प्रचारमै सक्रिय रहे । पछि २०३० देखि मदन पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिए । तर सक्रिय राजनीतिका लागि उनलाई केही पारिवारिक समस्या पनि थियो । तर प्रश्रित र जीवराज आश्रितले मदनको मोरङ इटहरास्थित घरमै गएर उनका माता पितासँग समेत आग्रह गरी मदनलाई पूर्णकालिक राजनीतिमा ल्याउन सफल भए ।वि.सं.२०३३ सालमा पुष्पलालको पार्टीसग विद्रोह गरी निर्माण भएको मुक्तिमोर्चाका नेताहरु अखिल नेपाल क्रान्तिकारी कोअर्डीनेशन केन्द्रमा सम्मिलित भए । र, त्यसैवर्ष अर्थात् २०३५ साल पुस ११ गते माओ जयन्तिको दिन पारेर इटहरामै नेपाल कम्युनिष्ट पार्टी माले स्थापना भयो । पूर्णकालिक राजनीतिमा आइसकेका मदन त्यस पार्टीको संस्थापक केन्द्रीय सदस्य भए । मदनले २०४१ मा पार्टीको पोलिटब्यूरो सदस्यको जिम्मा पाएका थिए । पार्टी र पार्टी नेता सबै भूमिगत थिए । तर नेताका फाँटहरु फरकफरक थिए । मदन भण्डारी र जीवराज आश्रित पार्टीलाई राजनीतिक रुपमा स्थापित गराउने र संगठन बढाउन क्रियाशील थिए । बाईट…मोदनाथ प्रश्रित, मदनका सहयोद्धा
सबै भन्छन्, हिजो आज यहाँ गाह्रो छ
ठूला–ठाला मजा गर्छन्, मसिना ज्यूनै गाह्रो छ
पिठो–आ“टो नपाएर मुटुमा वेदना बोकी
हिमाली सन्तती रुन्छन् सधैं खोजी ढिंडो रोटी
यो रचना अरु कोही नभएर जननेता मदन भण्डारीकै हो । कम्युनिष्ट नेताले भड्काउ गरेर, लावालस्कर लगाएर सवारी साधन चलाउन हुँदैन, यो कम्युनिष्ट आचरणमा सुहाँउदैन, भन्ने मान्यता मदन भण्डारीको थियो । त्यसो त वि.सं.२०३९ साल साउन १४ गते पार्टीमै सक्रिय छँदा नै विद्यादेवी पाण्डेसँग उनको जनवादी विवाह भएको थियो । देशका वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी र जननेता मदन भण्डारीले एकआपसमा रुमाल साटासाट गरेर भूमिगत जनवादी विवाह गरेका थिए । माधव कुमार नेपालको सभापतित्व रहेको उक्त विवाहमा अशोक राईले उद्घोषण गरे । विद्याले मदनलाई माला लगाईदिइन् अनि मदनले विद्यालाई सिन्दुर । जम्मा १ सय ५० रुपैंयामा उनीहरुको विवाह सम्पन्न भएको थियो । मदन दम्पत्तिका दुई छोरी छन् – उषाकिरण र निशाकुसुम ।
भूमिगत राजनीति र पञ्चायती शासनको चर्को दमनको बेला थियो त्यो । त्यसैले विवाहपछि पनि मदन र विद्या लामो समय सँगै बस्न पाउनन् । यता पार्टीभित्र मदनको भूमिका झन् बढ्न थालेको थियो । पोलिटव्युरो सदस्य भए पनि मदनका विचारहरु तत्कालिन पार्टी महासचिव झलनाथ खनाल लगायतका शिर्षनेताले गम्भिरतापूर्वक लिंदै पार्टी निणर्यका रुपमा अगाडि बढाउन थालेका थिए । पंचायती निरंकुशता विरुद्ध लड्न र खुला प्रतिपस्र्धात्मक परिवेशको राजनीतिमा पार्टीलाई अघि बढाउन कमिटि सहमत भयो । र, बहुदलीय जनवादको बाटोमा अघि बढ्नका लागि पार्टीभित्र सामूहिक वहस शुरु भयो । यसैक्रममा २०४५ सालमा सम्पन्न नेकपा मालेको चौथो महाअधिवेशनले मदनलाई पार्टी महासचिव चुन्यो । अघिल्लो कार्यकालदेखि गृहकार्य भएका कामहरुले वैधानिकता त पाए नै, जनताको बहुदलिय जनवादको सिद्धान्त प्रतिपादन गर्ने काम सुरु भयो ।
महासचिव हुने वित्तिकैदेखि मदनले पंचायत विरुद्धको संघर्षलाई निष्कर्षमा पु¥याउन नेपाली काँग्रेससंग मिलेर आन्दोलनमा जाने निर्णयसहित बाम मोर्चा गठनको अभ्यास थाले । कांग्रेस र वाममोर्चाले २०४६ साल फागुन–चैतमा गरेको संयुक्त जनआन्दोलनले पंचायत ढाल्यो । ३० वर्षिय निरंकुश शासन ढालेर स्थापना भएको प्रजातान्त्रीक परिवेशको खुशियाली मनाउन काठमाडौको खुला मंचमा हजारौको जनसागर जुटेको थियो । त्यहि सभामा सगर्व घोषणा गरियो– अब सम्बोधनका लागि आउँदै हुनुहुन्छ, नेकपा मालेका प्रवक्ता मदन भण्डारी । हजारौंको जनसागरले करतल ध्वनिसहित ताली बजाएर स्वागत ग¥यो । यहि विन्दुबाट सुरु भयो, मदनको खुल्ला राजनीति जीवन ।
COMMENTS