काठमाडौँ । आगामी भदौ १४ गतेसम्म सरकारले बिलासिताका १० वस्तु नेपाल ल्याउन पूर्ण प्रतिवन्ध लगाएको छ ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय सरकारले गरेको हो ।
पूर्ण रोक लगाइएका १० वस्तु
· कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
· सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
· चुरोट तथा सूर्तीजन्यवस्तु ९औद्योगिक कच्चा पदार्थ बाहेक०
· हिरा ९औद्योगिक कच्चा पदार्थ बाहेक०
· ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल
· ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट
· जीप, कार र भ्यान
· १५० सीसीभन्दा माथिका मोटरसाइकल
· सबै प्रकारका खेलौनाहरु
· खेल्ने तास
COMMENTS