काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरु दैनिक एक सयभन्दा बढी करबाहीमा पर्ने गरेका छन् ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्र काठमाडौँ उपत्यकामा मापसे गरी सवारी साधन चलाउने ८७६ जना चालक कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यकामा औषतमा दैनिक १२५ जनाभन्दा बढी सवारी चालक मापसे गरी सवारी साधन चलाईरहेको अवस्थामा भेटिने गरेका छन् ।
कार्यालयका अनुसार गत असार २९ गते १०७, ३० गते १४४, ३२ गते १८३, साउन १ गते १३२, २ गते १२०, ३ गते १४० र ४ गते ५० जना सवारी चालकलाई मापसे गरी सवारी साधन चलाएकोमा कारबाही गरिएको छ ।
COMMENTS