पर्साको ठोरी आसपासमा भारी वर्षा, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।

भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सतर्कतका मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।

‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी वर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भइ बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔँ,’ महाशाखाले आज विज्ञप्तिमार्फत् भनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board