भीमदत्तलाई कांग्रेसले कहिल्यै सहिद मानेन : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन् ।

४४औँ पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि सो आरोप लगाएका हुन् ।

‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका सहिदलाई कहिल्यै आफ्नो सहिद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ ।’

एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिस्ट आन्दोलनमा पुष्पलालले पुर्याएको योगदानको चर्चा गरेका छन् । पुष्पलालले कम्युनिस्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पुर्याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको वाटोवाट विचलित नहुने प्रणसमेत गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board