इन्द्रजात्रामा एसियाली मुलुकका राजधानी सहरका प्रमुखलाई निमन्त्रणा गरिने

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने भएको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकको निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा मूल समारोह समिति हुने भएको छ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहने छन् ।

महानगरका प्रमुख साहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् ।

यस वर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एसियाली मुलुकहरु (सार्क राष्ट्र)बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइने छ ।

महानगरले देशभित्रका ५ वटा र अन्तर्राष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board