एसइईको पुरक परीक्षा भदौ ११ र १२ मा

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धिको परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईमा सी वा सीभन्दा कम प्राप्त गरेका विषयहरुमध्ये आफूले चाहेको बढीमा दुई विषयसम्म ग्रेड वृद्धि (पुरक) परीक्षामा सहभागी हुन नपाउने जनाएको छ । तर, त्योभन्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थी पनि विषयगत रुपमा प्राप्त ग्रेडमा चित्त नबुझेमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

त्यसका लागि भदौको ११ र १२ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । तर, परीक्षाफल रद्द भएको परीक्षार्थीले भने उक्त ग्रेड वृद्धिमा सहभागी हुन पाउने छैनन् ।

एसइईमा १.६ जीपीए ल्याउनेले कक्षा ११ मा भर्ना हुन पाउने छन् । कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसइईमा यी चारवटा विषयमा कम्तीमा ‘सी प्लस ग्रेड’ हासिल गरी समग्र नतिजामा न्यूनतम १.६ जीपीए प्राप्त गरेको हुनुपर्ने छ ।

भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषयबाहेकका अन्य विषय पढ्न चाहनेले एसइईमा न्यूनतम १.६ जीपीए हासिल गरेको हुनुपर्ने तर विषयगत ग्रेडको कुनै बन्धन नभएको बोर्डले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board