भैरहवा १५ भदौ । भैरहवाको सान सिटी अस्पतालका प्रबन्ध निर्देशक हुन अर्जुन पौडेल । युवा व्यवसायी भएकै कारण युवा जोश र जा“गरलाई आफ््नै माटोमा प्रयोग गर्दै त्यसको प्रतिफलमा भैरहवाकै शानको प्रतीक बनेको छ– सिद्धार्थनगर सिटी अस्पताल । भाडाको घरबाट बिरामीको सेवा सुरु गरेका पौडल १० वर्षपछि अहिले सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि.को आफ्नै भवन बनाउन सफल भएका छन् । उनले रुपन्देहीको मायादेवी गाउँपालिका ८ मा करिब १ अर्बको लगानीमा अस्पताल बनाएका छन् । चिकित्सा शास्त्र क्षेत्रकै विद्यार्थी भएकै कारणले पनि आफ्नो जन्मस्थानमा स्वास्थ्य उपचारका क्षेत्रमा केही गर्नुपर्छ भन्ने उनको सोचको बिकासको प्रतिफल नै अहिले बनेको सुविधा सम्पन्न अस्पताल हो । त्यसो त २० वर्षअघि पौडलको सपना थियो, मेडिकल क्षेत्रमा आफ्नै गा“उठाउ“मा कुनै स्वास्थ्य संरचना निर्माण गर्ने । त्यही सपना अहिले दुई दशकको अवधिमा पूरा भएको छ– भैरहवाकै शानको रुपमा सिद्धार्थनगर सिटी अस्पताल ।
यसरी आयो अस्पताल बनाउने सोच
अर्जुन पौडेल भैरहवाकै स्थानीय युवा हुन् । जब भैरहवाबाट सैयौंको संख्यामा नेपालीहरु उपचारका लागि भारतका बिभिन्न स्थानमा जाने र उपचार गर्नका लागि भारतकै भरपर्दा धेरै बिरामीहरु अकालमै ज्यान गुमाउनु पर्दा पौडलको मन अमिलो हुने गर्दथ्यो । उपचार गर्न गएकाहरुको जीवन मात्रै होइन, लाखौं रुपैया“ खर्च हुदा“ उनीहरुका परिवारका पीडा पनि कम थिएनन् । नेपाली भएरसमेत उपचारको क्रममा भारतकै भरपर्ने स्थानीयदेखि छिमेकी जिल्लाबाट आउने बिरामीको पीडाले अब स्वास्थ्य क्षेत्रमा केही गनुपर्छ भन्ने सोच आएको पौडल बताउ“छन ।
यही सोचले आफूस“ग निकट केही साथीहरुस“गको समन्वयमा २०६७ सालमा सिटी अस्पतालको जन्म भयो । अस्पतालको स्थापनाकालदेखि नै बिरामीको चाप निरन्तर बढ्दै गयो । सामान्य अस्पतालमा समेत जटिल बिरामीहरु आउने क्रम बढ्दै गयो । उपचार सम्भव हुनेको उपचार त्यहीं गर्ने र नहुनेहरुकोे काठमाडौ र भारत रेफर गर्नुपर्ने बाध्यता खड्किरह्यो । बिस्तारै अस्पतालले गति लिदै गयो । अब काठमाडौ र भारतमा समेत बिरामी पठाउन नपर्ने गरी सुविधासम्पन्न अस्पताल बनाउने उनको सपनाले मूर्तरुप पायो ।
एउटा अविराम यात्रा
२०६७ सालमा सिटी अस्पताल भैरहवाको नया“ सडकमा ६ महिनासम्म सञ्चालन भयो । स्थान कम भएपछि लुम्बिनी रोडमा सारियो । लुम्बिनी रोडमा १५ वेडसहित करीव ९ बर्ष स्वास्थ्य सेवा सञ्चालन भइरह्यो । अस्पतालले सामान्य चिकित्साका साथै किडनी डाईलासिस सेवा, मृगौला रोग, बालरोग, सर्जरी, हाडजोर्नी, स्त्री तथा प्रसुती सेवालाई बिस्तार गर्दैगयो । यसरी सेवालाई बिस्तार गर्दा बिरामीको चाप र वेड अभाव भएपछि १५ वेडबाट २०७२ सालमा ५० बेड र त्यसको ६ वर्षपछि २०७८ मा एक सय वेडसहितको अस्पताल बन्यो । प्रबन्ध निर्देशक पौडेल भन्छन् २० वर्षअघि मनमा जुन सपना थियो अहिले पूरा भएको छ । अब अझै केही गर्नुपर्छ भन्ने सोच रोकिएको छैन । अहिले अस्पतालमा १ अर्ब लगानी भइसकेको छ । अस्पताल अहिले मानवसेवाको स्थल बनेको छ । दैनिक हजारौं बिरामीहरुले उपचार लिइरहेका छन् ।
अस्पतालमा सुविधासम्पन्न क्यावीन, विदेशी तथा भिआईपी बिरामीहरुका लागि ईन्टरनेशनल कम्प्लेक्ससहित ओपिडि सेवा लिन सकिन्छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै अस्पताल रहेका कारण विमानस्थलमा आउने बिरामी पाहुनालाई लक्षित गरी ३ वटा अब्र्जभेशन बेड र २ वटा स्वीटसहितको अन्तर्राष्ट्रिय युनिट रहेको छ । अस्पताल नजिकै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसमेत रहेकाले विदेशी पर्यटकदेखि कूटनीतिक नियोगका कर्मचारी, उच्चपदस्थ व्यक्तिलाई समेत आपतकालीन उपचार गर्न अस्पताल तयार गरेर राखेको पौडेलको भनाइ छ ।
के के छन सुविधा ?
अस्पतालमा डाईलासीस, आईसियु, अत्याधुनिक उपकरणसहितका स्टिल अप्रेसन थे्रटर तीनवटा रहेका छन् । अस्पताल पूर्ण डिजिटल प्रविधिमा आधारीत छ । बिरामीहरुको सुविधाका लागि ¥याम्प र लिफ्टको सुविधा छ । अस्पतालमा बिरामीको सुरक्षाको लागि फायर फाईटिङ सिस्टम, फायर अर्लाम् सिस्टम, स्मोक डिटेक्टर सिस्टम, चट्याङबाट बचाउन राड्र सिस्टम जडित छन् । हेयर टान्सप्लान्टका लागि, अमेरिका, ईजरायल, जापान, स्पेन, क्यानडा र पोखरा काठमाडौबाट पनि धेरैजना यहा“ आउने गरेका छन् ।
निःसन्तान दम्पतिका लागि अत्याधुनिक आईभिएफ सेन्टर अस्पतालमा सञ्चालनमा छ । रोग पहिचान तथा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधि तथा उपकरणहरु, प्रयोगशालामा हुने अटोमेटिक एनालाईजर, ६४ स्लाईस सिटी स्क्यान, मोड्युलर अपरेशन, आईसियुका लागी भेन्टिलेटरको ब्यवस्था छ । अस्पतालले हाडजोर्नी तथा मेरुदण्ड अपरेशन सेवा, दुरवीनबाट गरिने पत्थरी अपरेशन लगायत सम्पूर्ण अपरेशन सेवा, डाईलासिस सेवा, छाला सम्बन्धी लेजर सर्जरी तथा कपाल प्रत्यारोपण सेवा पनि दिइरहेको छ ।
COMMENTS