नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, १६ भदौ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । पानी पर्नेबित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board