कांग्रेस महोत्तरीले गर्‍यो ८३ जनाको नाम सिफारिस (नामावलीसहित)

महोत्तरी, २१ भदौ । नेपाली कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको कांग्रेस महोत्तरीले जनाएको छ ।

सिफारिसमा पर्नेहरुमा क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र बिनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, बिष्णु देव यादव र प्रतिमा कोइराला छन् ।

प्रदेशको प्रत्यक्षतर्फ ‘क’ मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन् भने ‘ख’ मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन् । गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ ।

त्यसैगरी ‘ख’ मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र ‘क’ को समानुपातिकतर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ ।

सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बाँकी रहेका सबै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ सरोजकुमार यादव, ओमशंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्रकुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ‘क’ मा नागेस्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिकतर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन । त्यसैगरी ‘ख’ मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मणप्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिकतर्फ नागेन्द्र सर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाको समानुपातिकतर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरंग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी ३ जनाको नाम सिफारिस भएको छ । त्यस्तै, प्रदेशसभाको ‘क’ मा प्रत्यक्षतर्फ रागबेन्द्र झा, डा.गरिबदास ठाकुर, बिनय यादव छन् भने समानुपातिकतर्फ नरेन्द्र झा र अनिता शर्मा छन् ।

‘ख’ मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि महेन्द्रकुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको कांग्रेस महोत्तरीले जानकारी दियो ।

प्रदेशसभाको ‘क’ मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, ‘ख’तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरी ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देस्वर यादव, डा.अशोक यादव ‘क’ मा र ‘ख’तर्फ ललनकुमार सिंह र लिलाकुमारी यादवको नाम सिफारिस भएको छ ।

जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको कांग्रेस जिल्ला सचिवालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board