बुटवल, २२ असोज । सत्ता गठबनधनमा रहेको नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेशसभामा भने निल भएको छ ।
टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘क’ माओवादी केन्द्रको भागमा परेको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ । त्यस्तै, क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत ‘क’ नेपाली कांग्रेस र ‘ख’ माओवादी केन्द्रको भागमा परेको छ ।
त्यस्तै, अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र कांग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभातर्फ ‘क’मा नेपाली कांग्रेस र ‘ख’मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा ‘क’ लोसपा र ‘ख’ कांग्रेसको भागमा परेको छ ।
रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेले पाएको छ भने ५ को ‘क’मा माओवादी केन्द्र र ‘ख’मा कांग्रेसले पाएको छ । त्यस्तै, कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा कांग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को ‘क’मा माओवादी केन्द्र र ‘ख’मा कांग्रेसका लागि छुट्टयाइएको छ ।
रुकुमपुर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसले पाएका छन् । प्युठानमा प्रदेशसभातर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ । दाङ १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र कांग्रेसले पाएको छ । त्यस्तै, दाङ ३ मा प्रदेशतर्फ ‘क’ कांग्रेस र ‘ख’ माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेशसभातर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा ‘क’ खाली राखिएको छ भने ‘ख’ कांग्रेसको भागमा परेको छ ।
बाँके ३ मा प्रदेश ‘क’तर्फ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश ‘क’तर्फ कांग्रेस र ‘ख’ माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा ‘क’ कांग्रेस र ‘ख’ माओवादी केन्द्रले पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ को प्रदेशतर्फ ‘क’ कांग्रेस र ‘ख’ माओवादीको भागमा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ को प्रदेशतर्फ ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ । एकीकृत समाजवादीका नेता सिद्धिचरण भट्टराईले लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीलाई निल गराएर चुनाव हुन्छ त ? भनेर प्रश्न गरे ।
COMMENTS