काठमाडौँदेखि सातप्रदेश सदरमुकाम, २९ कात्तिक । दुई परस्पर विरोधी गठबन्धन बनाएर चुनावी मैदानमा खडा भएका नेका–माके सहतिको सत्ता गठबन्धन र एमाले–जसपासहितको प्रतिक्षीय गठबन्धनका बीचमा को ठूले हुने भन्ने हानथाप चलिरहेको छ । चुनावी मैदामा उत्रिएका प्रमुख राजनीतिक दलहरूले पहिलेभन्दा बढी सिट ल्याउने हिसाब–किताब सुनाउँदै मतदातालाई आकर्षण गर्न खोजिरहेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्ता गठबन्धनको दुई तिहाइ बहुमत पुग्ने दाबी गरेपनि यो गठबन्धनको सिटलाई एउटै मोर्चा मानेर आंकलन गर्नु सही हुन सक्दैन । यो गठबन्धन अघिल्लो पटकको वाम गठबन्धन जस्तो एकीकृत छैन ।
जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग तालमेल गरेको एमालेले आफ्नो एक्लै बहुमत पुग्ने दाबी मात्र होइन अध्यक्ष केपी शर्मा आलीले बहुमत भन्दा तलको कुरा गर्ने मिडियाकर्मीलाई समेत हकार्दै आनएका छन् । तर एमालेको आन्तरिक प्रक्षेपण भने सार्वजनिक दावी र हुंकार भन्दा धेरै तलको आशामा छ । एमालेले ‘मंसिर ४ — ओली सरकार’ भन्ने नारा आम रुपमा प्रचारमा ल्याएको छ ।
प्रचारको अवस्था हेर्दा एमालको तुलनामा सत्ता गठबन्धन निकै कमजोर देखिन्छ । स्थानीय चुनावमा ३४ प्रतिशत मत पाएको एमालेले आसन्न चुनावमा ६ प्रतिशत मत बढाउन सके पहिलो दल बन्ने र त्यति नै प्रतिशत मत कम आएमा कमजोर हुने एमाले उपमहासचिव विष्णु रिमालले एबीसी टेलिभिजनलाई बताए ।
‘हामी बहुमत ल्याउँछौं । त्यसका लागि अपुग ६ प्रतिशत भोट अहिले पुग्छ भन्नेमा विश्वस्त छौं,’ उपमहासचिव विष्णु रिमालको विश्वास छ । रिमालको तर्क निकै सुरक्षित देखिन्छ । उनको विश्लेषणमा यसो भयो भने यसो हुने भन्ने देखिन्छ । तर अध्यक्ष ओली एमालेको आन्तरिक विश्लेषणका बेला प्रत्यक्षतर्फ कम्तीमा ४५ देखि ५५ सिट ल्याउनु पर्ने, जसरी पनि आउने विश्वास व्यक्त गर्दै आएका छन् ।
कांग्रेस नेता डा. मीनेन्द्र रिजालले भने सतही विश्लेषणमा सत्ता गठबन्धनले प्रत्यक्षतर्फ १ सय ३६ सिट ल्याउने हल्ला गरेका छन् । ‘गठबन्धनको मत एकअर्कामा राम्रो ट्रान्सफर भयो भने कांग्रेसले मात्रै ७१ सिट जित्ने तर ट्रान्सफर हुन सकेन भने ५८ सिटमा पनि खुम्चिने भन्दै उनले पनि । ‘यदि र तर‘ को सहारा लिएका छन् । यो कुनै विश्लेषण होइन । ‘गठबन्धनको नेतृत्व गरेको दल कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ६५ सिटभन्दा बढी आफ्नो पार्टीले जित्नु पर्ने भन्दै त्यो अवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाणको गृह जिल्लामा एवीसीको स्थलत निरिक्षणमा रुपन्देहीका ५ क्षेत्र मध्ये नेकाले गृहमन्त्री खाणसहित ३ सिट, एक सिटमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र क्षेत्र नं. १ मा सत्ता गठबन्धनका साझा उमेद्वार बनेका घनश्याम भुसालले जित्न सक्ने रिपोंटिग गरेको छ ।
घनश्याम भुसालले एमाले तर्फबाट कम्तीमा तीन हजार मत ल्याउंदा मात्र उनी संसद छिर्न सक्ने छन् । ‘राष्ट्रवाद’ लाई मुख्य चुनावी मुद्दा बनाएको एमालेले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
गठबन्धनविरुद्ध लड्दा पनि स्थानीय तहमा पाएको सम्मानजनक मत र सिट, सबैभन्दा बढी उम्मेदवारी दिने दल, मधेसमा जसपासँग तालमेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि कमल थापा र परिवार दलका अध्यक्ष एकनाथ ढकालदेखि कांग्रेसका बागीसँगको सहकार्यलाई एमालेले बढी सिट जित्ने प्रमुख आधार बनाएको छ । कांग्रेसका शेखर कोइराला र गगन थापा समूहसँग ‘सहकार्यगर्ने योजनामा ओली सफल भएको भए सत्ता गठन्धनलाई निकै ठूलो क्षति पुग्ने निश्चित थियो ।
स्रोतका अनुसार ओलीले नेकाभित्रका शेखर–गगन समूहसंग गरेको वार्ता र तयारी अन्तिम चरणमा विदेशी शक्तिका कारण सफल हुन सकेन । एमालेसंग शेखर समुहलाई मिलाउन नेकाका गोविन्दराज पोखरेल र पुरन्जन आचार्यले निकै पहिले देखि लविङ गर्दै आएका थिए । त्यो थाहा पाउने वित्तिकै विदेशी शक्ति केन्द्रको सहयोगमा देउवाले शेखर समूहलाई आत्मसर्पण गराएको नेकाका विद्रोही नेता अमरेश सिहंले एबीसीलाई बताए ।
सत्ता गठबन्धनको मुख्य खेलाडी रहेको माओवादी केन्द्रले बढी भन्दा बढी सिट जित्ने नियतका साथ प्रतिनिधिसभाका ४६ क्षेत्रमा मात्र उम्मेदवारी दिने अवसर पाएको छ । नेकाको मत ट्रान्सफर प्रभावकारी भएमा माकेले ३५ सिट जित्ने आन्तरिक मूल्यांकन गरेको छ । रोल्पा, रुकुम, गोरखा, जाजरकोट, कालिकोट, सिन्धुली, लगायतका पहिलेदेखिकै माओवादी गढका क्षेत्रमा सहजै जित्ने र अन्यमा कांग्रेस र अन्य दलको मतका आधारमा ०७४ को वाम गठबन्धनको बेलाभन्दा १ सिट भएपनि बढी जित निकाल्ने तयारीमा माओवादी रहेको छ माओवादी अध्यक्ष प्रचण्डले एबीसीसंगको अनौपचारिक कुराकानीमा माओवादीले कम्तीमा २८ सिट र बढीमा ३७ सिट जित्ने दावी गरे । ‘गठबन्धन बलियो छ । हामीले उम्मेदवारी दिएका सबै क्षेत्र जित्न सक्ने क्षेत्र हुन् त्यसमा पनि सिधै जित्न सक्ने सल्यान, डोल्पा, उदयपुर–२ र धादिंङ एकीकृत समाजवादीलाई छाड्नु परेको छ‘ प्रचण्डले भने ।
प्रचण्डले आश्चार्य प्रकट गर्दै भने ‘जसले संसदको हत्या गर्यो उसले केको आधारमा भोट माग्ने र जनताले एमालेलाई किन भोट दिने‘ ? तर ग्राउण्डको अवस्थामा एमाले सत्ता गठबन्धनले हल्ला गरेजस्तो कमजोर छैन । तर निर्वाचन परिणाम निकाल्नेमा भने एमालेलाई धेरै कठिन छ । एकीकृत समाजवादीका अध्ध्यक्ष माधव नेपाल स्वयं भने आफ्नो पार्टीले बढीमा १० सिटभन्दा बढी ल्याउन नसक्ने बुझाईमा छन् । एबीसीसंग कुरा गर्दै नेता नेपालले रौतहटको गरुडामा भने ‘देशभर उमेद्वारी दिएका २० क्षेत्र मध्ये कम्तीमा आधामा त जितिनु पर्ने हो ।‘ माओवादी र एकीकृत समाजवादीका उम्मेदवारलाई कांग्रेसको भोट जान गाह्रो हुने अवस्थाको फाइदा उठाउन हरेक दिनजसो एमालेको रणनीति तयार गर्ने टोलीलाई ओलीले निर्देशन दिएका छन् ।
ओलीको निर्देशन अनुसार नै एमालेले प्रचार समाग्री, मिडियाको प्रयोग र सोसल मिडियाको व्यापक प्रयोग गरिरहेको छ । ‘ओलीले भन्न त बहुमत हासिल गर्छौं भनिरहनुभएको छ । तर टिकट बाँडफाँट र नेतृत्वको कार्यशैलीलाई लिएर पार्टीमा धेरै असन्तुष्टि छ । त्यो असन्तुष्टि भुसको आगोजस्तो भित्रभित्र फैलिएको अवस्था साम्य भएको छैन । एक पदाधिकारीले एबीसीसंग फोनमा भने । ‘ यो निर्वाचनमा आश्चार्य जनक रुपमा रवि लामिछानेको राष्ट्रिय सस्वतन्त्र पार्टी र मधेश प्रदेशमा सिके राउतको जनमत पार्टीको पक्षमा पश्चिमा र अन्य वाह्य शक्ति केन्द्रले देखिनेगरी मिडिया क्याम्पेनिङ्ग गरिरहेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराज स्थित निवासमा एबीसीसँग कुरा गर्दै चिन्ता व्यक्त गरे । त्यसको असर पूर्व पश्चिम राजमार्ग आसपासका शहरी क्षेत्रमा राम्रैसंग परेको छ ।
यो निर्वाचनमा कति वटा पार्टी राष्ट्रिय पार्टी बन्न सक्लान् भन्नेमा एबीसीको स्थलत रिपोटिंगमा नेका, एमाले., माके, जसपा सहजै राष्ट्रिय पार्टी बन्ने, तर राप्रपा, एकीकृत समाजवादी पार्टी थ्रेस होल्ड कटाउन संघर्षरत रहेको, रास्वपाले पछिल्ला दुई वटा दललाई पच्छ्याएको र मधेश प्रदेशमा सिके राउतको जनमत पार्टी प्रदेशको क्षेत्रिय पार्टी बन्न डेढ प्रतिशत मत सजिलै कटाउने देखिएको छ । यो चुनावको सवैभन्दा ठूलो लुजर लोसपा बन्ने देखिएको छ । लोसपाले सत्ता गठबन्भनको सहयोगामा ३–४ सिट जिते पनि राष्ट्रिय पार्टी बन्न नसक्ने देखिएको छ । एबीसी स्थलगतका आधार स्वतन्त्र उमेद्वारहरु मध्ये काठमाडौंका पुकार बम र काठमाडौं – ८ का सुमन सायमी बाहेक कसैको पक्षमा सम्मानजनक मत आउने देखिंदैन ।
राप्रपाको छहारीमा पुगेका रविन्द्र मिश्र र जुम्लामा हुत्तिएका ज्ञानेन्द्र शाहीले क्रमश : नेका र माकेका उमेद्वारलाई तर्साइरहेका छन् । प्रदेशगत रुपमा भन्दा प्रदेश नं १ मा सवैभन्दा बढी अस्थिर मतदाताको अवस्था मोरङगमा देखिएको छ । जहाँ सत्ता गठबन्धनका तर्फबाट कोइराला परिवारका सुजाता कोइराला र शेखर कोइराला समेत उमेद्वार रहेका छन् । यसपटक शेखर कोइराला सजिलै एमालेका लालबाबु पण्डितमाथि हाबी भएका छन् । सुनसरीका ४ सिटमै सत्ता गठबन्धनकै उमेद्वारले जित्ने देखिएको छ । प्रदेश नं १ मा रहेका २८ सिट मध्ये एमालेले कम्तीमा ७– १० सिट जित्ने निश्चित छ भने बाँकीमा सत्ता गठबन्धनले जित्ने छ ।
सुनसरी १ मा जसपाका अशोक राईले जित निकाल्न असम्भव देखिएको छ । त्यो प्रदेशमा एस पनि शुन्यमै रहने देखिएको छ । मधेश प्रदेशमा एमालेले सप्तरीमा १, सिराहामा १, धनुषामा १ सिटमा सहज तिज निकाल्ने छ भने बाँकी २ सिटमा चर्को प्रतिस्पर्धा रहेको छ । सत्ता गठबन्धनभित्रको दल माकेले मधेशको महोत्तरीमा गिरिरिजामणि पोखरेलले एमाले उमेद्वार लक्ष्मी महतोको कडा टक्कर सामना गर्नु परिरहेको छ भने सर्लाही २ मा महेन्द्रराय यादव भन्दा राजेन्द्र महतो अघि रहेका छन् ।
त्यहींको ४ नं. क्षेत्रमा नेका विद्रोही उमेद्वार अमेरश सिंहले जित्ने देखिएको छ । रौतहटमा माधव नेपाल र स्वतन्त्र बनेका प्रभु शासहले सहजै जित्ने अवस्थामा सप्तरी २ मा उपेन्द्र यादव, सिके राउत र नागेन्द्र ठाकुर बीच त्रिपक्षीय प्रतिस्पर्धा रहेकै कारण यादवको जित र पराजयमा जसपाकै भविष्य जोडिएको अवस्था रहेको छ । सिराहा ४ मा जसपाका वीरेन्द्र महतोलाई जनमतका वीरेन्द्र शाहले कडा चुनौति दिएका छन् । यसरी हेर्दा मधेश प्रदेशमा नेका बाहेकका दलहरुमा एमाले ३–५, लोसपा ३–४ र माकेले ३–४ सिट जित्न सक्ने देखिँदा जसपाले मुश्किलले ५ सिट जित्ने अवस्था रहेको छ ।
जनमतले त्यो प्रदेशमा संघका लागि खाता खोलेमा नेकाले कम्तीमा ११– १४ सिट जित्न सक्छ । बारा ४ मा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले पैसाको बलमा चुनाव जित्न संघर्ष गरिरहेको एमाले नेता अच्युत मैनालीले आरोप लगाएका छन् । उनी यो चुनावलाई आफ्नो जीवनकै प्रतिस्ठाको विषय बनाएर लागेका छन् । वागमती प्रदेशमा काठमाडौं उपत्यकाका १५ सिट बाहेकमा सत्त गठबन्धन हावी छ भने काठमडौं उपत्यकाको ललितपुर क्षेत्र नं. मा माकेकी बहालवाला मन्त्री पम्फा भुसाललाई जित निकाल्न फलामको च्युरा चपाए सरह भएको छ भने एमाले बरिष्ठ उपाध्यक्ष इश्वार पोखरेल काठमाडौं ५ मा पुनः विजयी हुनेमा ढुक्क हुन सकेका छैनन् ।
उपत्यकामा माकेका तर्फबाट मानुषी यमीले मात्र काठमाडौं ७ बाट खाता खोल्ने अवस्था हुने खतरामा माओवादी नेतृत्व चिन्तित देखिएको छ । गण्डकी प्रदेशमा कास्कीका २, मुस्ताङ, स्याङ्ग्जामा पद्मा अर्याल र पर्वतमा पदम गिरी सहित कम्तीमा ५ सिट एमालेले जित्दा माकेले गोरखा– क्षेत्र न २ बाट अध्यक्ष प्रचण्ड, बागलुङ –२ मा निश्चित जित्ने क्षेत्र देखिएका छन् भने कास्कीको क्षेत्र नं. ३ र लमजुङ प्रतिस्पर्धाको अवस्थामा रहेका छन् । लमजुङमा एमाले उपमहासचिव पृथ्वी सुव्वा गुरुङ र माकेका महासचिव देव गुरुङ प्रतिस्पर्धामा रहेका छन् । बाँकी क्षेत्र मध्ये बागलुङ १ मा राजमो बाहेक अन्यमा नेकाले जित निकाल्ने छ । लुम्विनी प्रदेश एमाले, नेका र माकेको त्रिपक्षीय प्रतिस्र्धाको रण मैदान देखिएको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेलले सहजै निर्वाचन जित्ने अवस्थामा महाससचिव शंकर पोखरेललाई दाङ– २ मा चर्को संघर्ष गर्नु परेको छ । उनको प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माकेकी रेखा शर्मा रहेकी छन् । बाँकेमा एमालेको समर्थनमा राप्रपाका धवल शमशेर राणाले सहजै जित्ने अवस्थामा माके र जसपाका मन्त्रीहरु क्रमशः महेश्वर गहतराज र इस्तियाका राईलाई अप्ठेरो अवस्था आइलागेको छ । बर्दिया २ माके र १ मा नेकाका उमेद्वारले सहजै जित्ने अवथा देखिएको छ ।
प्युठानमा नेकाको गोविन्दराज पोखरेलको समूहले एमालेका उमेद्वारलाई सघाउने आन्तरिक अवस्था रहेको अवस्थामा मोहन विक्रम पत्नी दुर्गा पौडेललाई जित निकाल्नेमा छटपटी बढेको छ । रोल्पा र रुकुममा त माकेका उमेद्वारहरु बर्षमान पुन र पूर्णबहादुर घर्ति सहजै जित्ने अवस्था रहेका छन् । दाङको १ मा एसका बहालवाला मन्त्री मेटमणि चौधरी, एमालेकी शान्ता चौधरी र पुर्व एमाले नेतृ गंगा चौधरीबीचको प्रतिस्पर्धा रोचक छ । क्षेत्र नं ३ मा एमालेकी उमेद्वार लोकगायिका कामेल वली नेकाका दिपक गिरिसंगको प्रतिस्पर्धाबाट जित निकाल्ने अवस्थामा छैनन् । तर उनको प्रचार गिरीको तुलनामा आक्रामक देखिन्छ । कर्णाली प्रदेशमा त जम्मा दैलेखको एउटा निर्वाचन क्षेत्रमा एमालेको बीउ जोगिने झिनो सम्भवाना बाहेक अरु केही छैन ।
माकेका उमेद्वारलाई राजावादी ज्ञानेन्द्र शाहीले जुम्लामा अत्याए पनि त्यो प्रदेदेशमा सत्ता गठन्धनले क्लिन स्विप गर्ने स्थिति देखिएको छ । सुूदुरपश्चिमका १६ सिट मध्ये कैलालीको एउटा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको बलियो दावेदारी रहेको छ । कैलालीको क्षेत्र नं ५ मा पुनः एमालेका नारदमुनि रानाले नेकाभित्रको कचिंङ्गलको फाइदा उठानउन सक्ने देखिएको छ । कञ्चनपुरका ३ वटै क्षेत्रमा नेका र माकेका उमेद्वार सहज अवस्थामा छन् । डोटीमा विवादास्पद उमेद्वार एसका प्रेम आले नेकाभित्रकै कचिङ्गलको शिाकर बन्ने खतराको अवस्थामा रहेका छन् ।
दिपायलमा भएको सभामा एमाले अध्यक्ष ओलीले त ‘आलेले राष्ट्रिय वेइज्ज्त गरेकाले जमानत जफत गरिदिनु पर्ने‘ विस्फोटक भाषणा गरेका थिए । अछामका दुई वटै क्षेत्रमा सत्ता गठबन्धनका उमेद्वार जितको अवस्थामा देखिन्छन् । एमालेबाट माओवादी बनेका लेखराज भट्टले कैलाली ४ मा नेकाका बीर बहादुर बलायरसँग प्रतिस्पर्धा गर्दा उनको संसद प्रवेशको यात्र यसपटकबाटै बन्द हुने अवस्था देखिएको एमालेकै कार्यकर्ताहरु बताईरहेका छन् । उता वैतडीमा माकेले आफ्नो ०६४सालका वर्चस्व फर्काउने कोशिशमा छ ।
COMMENTS