सिरहा, ४ मंसिर । जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।
सिराहाको कर्जन्हा नगरपालिकाका–६ को जनता मावि बडहरामाल दुवै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।
स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।
COMMENTS