पाँचथर, ४ मंसिर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै बिस्फोट भएको छ ।
मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै बिस्फोट भए पनि मानवीय क्षति भने भएको छैन ।
सो बिस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभए पनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बिस्फोटको खबर आएलगत्तै सदरमुकामबाट सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको छ ।
COMMENTS