आमनिर्वाचन २०७९ : देशभर कहाँ-कहाँ चल्यो गोली ?

काठमाडौँ, ४ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ ।

केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली  समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ । 

जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, रौतहटको गुजरा–४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोसी गुम्बेश्वरी मावि, जिरी–९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ । 

गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका–१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ । कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ । 

सुदूरपश्चिम प्रदेशस्थित बाजुरा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ । डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कुल २४ स्थानमा गोली चलेको छ । यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board