गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

गोरखा, ५ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका संकलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकोप्टर पठाउने तयारी गरिएको छ ।

उत्तरी भेकको मतपेटिका हेलिकोप्टरमार्फत् सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ । आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । क्षेत्र नम्बर १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ ।

क्षेत्र नम्बर १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नम्बर १ को गणना त्यहीँ हुने छ । क्षेत्र नम्बर २ को मतपेटिका संकलन भइसकेको छ । क्षेत्र नम्बर २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board