ललितपुर, ५ मंसिर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।
ललितपुर–१ मा एमालेका नवराज सिलवालले सुरुवाती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् ।
सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
उता, ललितपुर–२ मा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले २८६ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले १०३ मत मात्रै प्राप्त गरेकी छिन् ।
COMMENTS