जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् ।

सिके राउतले एक हजार ६ सय ३४ मतले अगाडि हुँदा प्रतिश्पर्धी जनता समाजवादीका उपेन्द्र यादवले ६ सय ७० मत मात्रै ल्याएका छन् ।

राउतले सप्तरी २ मा अग्रता लिइरहदा उनका दाजु जयकान्त राउतले २३८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामदेव शाह तेलीले २१४ मतसहित पछ्याएका छन् ।

यसैगरी, सुदूरपश्चिममा पक्कड जमाएका भनिएका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टीकालक्ष्मी चौधरी २०१ मतसहित तेस्रो स्थानमा छिन् । 

विगतमा प्रभावशाली मानिएको जसपा सप्तरीका दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहेर जनमत पार्टीलाई पछ्याइरहेका छन् । सप्तरी १ मा जसपाका नवलकिशोर शाहले १७८ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board